पोखरा महानगरपालिका वडा नं ७ नेकपा एमालेले चुनावी घरदैलो अभियान गरेको छ।
एमालेका उम्मेदवारहरु पोखरा–७ का मतदाताको पुगेर सूर्य चिन्हमा भोट हालेर आफूहरुलाई जिताउन अपिल गर्दैछन्। वडाको सुगमगहनमार्ग र नुुवारथोकमा घरदैलो गरेका हुन।
आफुहरुले जिते आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्यलगायतका पूर्वाधार विकास क्षेत्रमा उत्कृष्ट काम गरेर वडालाई नमुना वडा बनाउने प्रतिबद्धता जनाएका हुन्।
घरदैलो कार्यक्रम पुष्पलालपार्कमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव रश्मी आचार्यले कार्यकर्ता, शुभेच्छुकहरुलाई एमाले पार्टीलाई जिताउन लागि पर्न आग्रह गरे। नेकपा एमालेको जित सुनिश्चित रहेको उनको भनाई थियो। उनले पाँच दलीय गठबन्धन आफैमा कमजोर भएर गठबन्धन गरेको जनाए। त्यो गठबन्धनको कुनै औचित्य नभएको उनको स्पष्टोक्ति थियो।
वडाध्यक्षका प्रत्यासी किशोर बरालले जनताको हकअधिकार कुण्ठित नहुने तरिकाले काम गर्ने प्रतिवद्धता जनाए। उनले चुनाव प्रचार तथा घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता जनाउने कार्यकर्ता, शुभेच्छुक, मतदाता सम्पूर्णलाई धन्यवाद दिए।
कार्यक्रममा वडा इञ्चार्ज चिरञ्जीवी गौतम, खुला महिला सदस्य बसुन्धारा लामिछाने, दलित महिला सदस्य सुनिता सुनार, खुला सदस्य अर्जुन थापा र विष्णुमणि बरालले बोलेका थिए।
पोखरा–७ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा किशोर बराल, खुला महिला सदस्यमा बसुन्धारा लामिछाने, दलित महिला सदस्यमा सुनिता सुनार, खुला सदस्यमा अर्जुन थापा र विष्णुमणि बराल छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







