पोखरा महानगरपालिकाको वडा नं ३ पनि महानगरको प्रमुख क्षेत्र हो।
नेवार जातीको बसोबास एवं संस्कृतियुक्त यस वडामा प्रसिद्ध धार्मिक क्षेत्र नारायणस्थान, शैक्षिक संस्थामा कन्या क्याम्पस र बालमन्दिर मावि पर्दछ।
महानगरकै केन्द्रभागको वडा भएर पनि वडावासीले भ्रष्टाचारमुक्त, नागरिकमैत्री र शुशासनयुक्त वडाका रुपमा अनुभूती गर्न सकेका छनन्। विकास निर्माणको दृष्टिले वडा पछाडी नै छ। यहाँका भित्री टोलहरुका बाटोघाटो साँघुरा छन्। बेलाबेलामा यहाँका सडकहरुमा खाल्डाखुल्डी पर्दछ। उपयुक्त ढलको निर्माण हुन नसक्दा वर्षायाममा स्कूटी, मोटरसाइकल नै बगाउने गरी ठूलो भेलबाढी नै चल्दछ। शान्ति सुरक्षाको हिसावले पनि यो चोरी लगायत अपराधका गतिविधि कायमै छ। सीसी क्यामेराहरुको जडान हुन सकेको छैन।
वडालाई सुशासन, नागरिकमैत्री र भ्रष्टाचारमुक्त वडाका रुपमा विकास गर्ने स्थानीय तह निर्वाचनका प्रत्यासी उम्मेदवारहरु बताउँछन्।
स्थानीय निर्वाचन मिति नजिकिदैं गर्दा एभरेस्ट एफएम ९३ मेघाहर्ज अन्तर्गत ‘लोकल इलेक्सन’ कार्यक्रममा बोल्दै वडाध्यक्षका उम्मेदवारहरुले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै वडाध्यक्षका लागि अटेरी (स्वतन्त्र) उम्मेदवार महेश उदासले आफूले जिते वडालाई भ्रष्टाचारमुक्त वडाका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउँदछन्। जन्म दर्ता, विवाह दर्ता र मृत्यु दर्ताको सिफारिस वडावासीले घरबाटै आवेदन गर्न सक्ने होम डेस्कको स्थापना गर्ने उनको एजेण्डा छ। ज्येष्ठ नागरिकहरुका लागि दिवा मिलन केन्द्रको स्थापना गर्ने उनको प्रतिबद्धता छ। एडाभित्र नेवारी कला संस्कृतिको संग्रहालय स्थापना गर्ने उनले अर्को महत्वपूर्ण प्रतिबद्धता जनाउँदछन्। वडाभित्रका मुख्य र भित्री टोलहरुमा सीसी क्यामेराको जडान गर्ने उनले प्रतिबद्धता जनाए।
राजनीतिक दलभन्दा माथि उठेर स्वतन्त्र उम्मेदवार बनेकाले आफूलाई जिताउन वडावासी मतदातासमक्ष उनले आग्रह गरेका छन्।
त्यस्तै, नेकपा एमालेका तर्फबाट वडाध्यक्षका लागि उम्मेदवार बनेका विष्णुशंकर ख्वाउजूले हाल विद्यमान वडा कार्यालयको प्रशासनिक संरचनामै परिवर्तन ल्याउने प्रतिबद्धता जनाए। वडा कार्यालयको प्रशासनिक संरचनामा परिवर्तन ल्याएर वडावासीलाई शुशासनको अनुभूती दिने उनको प्रतिबद्धता छ। वडाका सेवाग्राहीका लागि हेल्प डेस्कको स्थापना गर्ने उनी बताउँछन्। हेल्प डेस्कका लागि वडाभित्रैका अध्ययनरत् विद्यार्थीहरुलाई इन्टर्नसीपका लागि परिचालन गर्ने उनको भिजन छ। वडाभित्र भित्री भूमीगत ढलको निर्माण गर्ने उनले बताए। ठाउँअनुसार वडाका टोलभित्रका सडहरुमा कालोपत्रे गर्ने उनको योजना छ।
भ्रष्टाचारमुक्त वडा स्थापनाका लागि पनि वडाको आगामी नेत्वृत आफू र आफ्नो टिमलाई जिताउन ख्वाउजूको आग्रह छ।
पोखरा–३ वडाका लागि एमालेको तर्फबाट वडाध्यक्षमा ख्वाउजू, खुल्ला सदस्यमा लेखबहादुर प्रधान र जगतलाल साई, महिला सदस्यमा प्रमिला श्रेष्ठ र दलित महिला सदस्यमा पुष्पा रनपालले उम्मेदवारी दिएका छन्।
सो वडाको वडाध्यक्ष पदका लागि नेपाली काँग्रेस गठबन्धनबाट प्रकाश उदास र राप्रपाबाट मानबहादुर भण्डारी प्रत्यासी छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


विश्वकर्मा सेवा समाज कास्कीको तेस्रो साधारण सभासहित नवनिर्मित भवनको उद्घाटन गरिएको छ…






