पोखरा–१९ की एमाले समर्थक बृद्धाले भनिन्: यसपटक मत फेर्छु


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०७९ मा प्रकाशित




पोखरा । नेकपा एमालेकी समर्थक एक बृद्धाले यसपटक मत फेर्ने बताएकी छन् । पोखरा–१९ मा घरदैलो गर्र्न पुगेका गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यलाई टीका लगाईदिदै पोखरा–१९ की ७० वर्षिया बृद्धा शुभद्रा गौतमले आफू एमाले समर्थक भएपनि यसपटक मत फेर्ने बताएकी हुन् ।

हुन त मैले अहिलेसम्म एमालेलाई भोट हाल्दै आएकी थिएँ, उनले भनिन्,‘तर एमालेलाई जतिपटक जिताएपनि काम गर्न सकेन । यसपटक म मत फेर्छु र धनराजलाई भोट हाल्छु ।’ यसअघिकाले नगरेकाले एमालेप्रति वितृष्णा जागेको भन्दै उनले धनराजबाट भने आशा लागेको बताईन् ।

उनले थपिन्, ‘धनराजबाट धेरै नै आशा गरेकी छु । बरु भोट हाल्न पो मेसो पाउँदिन कि ? छोरा, नातीले बुझाउलान् नि !’मेयरका उम्मेदवार धनराज आचार्य, उपमेयरकी उम्मेदवार कोपिला रानाभाटसहित पोखरा–१९ का गठबन्धनका उम्मेदवारहरुले आज संयुक्त घरदैलो गरिरहेका छन् ।

झरीको वास्ता नगरी स्थानियपनि उत्साहित हुँदै घरदैलोमा सरिक भएका छन् । पोखरा–१९ मा गठबन्धनबाट वडाध्यक्षमा कांग्रेसका पुष्पेन्द्र पाण्डे, दुई खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रका सविन जिसी र कांग्रेसका दीपक बास्तोला, महिला सदस्यमा कांग्रेसकी देवुकुमारी भट्टराई आचार्य र दलित महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी बिजुला परियार उम्मेदवार छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।