पोखरा महानगरपालिका वडा नम्बर १८ का २ सय भन्दा बढि माओवादीमा प्रवेश गरेका छन् । फेवातलको छेउमा रहेको जलारी बस्ती र सेदीका स्थानिय माओवादी पार्टीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङ (करण)ले भुमिहीनको समस्या माओवादी भन्दा अन्य पार्टीले समाधान गर्न नसक्ने दाबी गरे । जनताको समस्यासंग जोडिएको एकमात्र पार्टी माओावदी केन्द्र रहेको उनले बताए ।
सिंहदरबार गाउँगाउँमा ल्याएको र माओवादीको जनआन्दोलनले नै जनताको छोरा छोरी निति बनाउने ठाउँमा पुगेको गुरुङले बताए । राजनीतिक व्यवस्था परिवर्तन भएको अब जनताको जिवन परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । जनताको अवस्था सुधार गर्न माओवादी भन्दा अन्य पार्टीको विकल्प नरहेको कारण माओवादीको निति भएको ठाउँमा नेता पनि माओवादीको हुनुपर्ने धारणा राखे ।
अहिलेसम्म पोखरा १८ मा भु–माफियाले फाइदा लिएको जनप्रतिनिधिले जित्ने जनताको सेवा गर्नुपर्ने ठाउँमा आफ्नो स्वार्थमा भुुलेको भन्दै माओवादीको योजना नै प्रत्येक सुकुम्बासीको बासस्थानको ग्यारेन्टी गर्ने सिद्धान्त रहेको बताए । पोखरा १८ मा माओवादीको उम्मेदवार जत्तिको राम्रो योजना भएको, बिकास प्रेमी उम्मेदवार अन्य पार्टीमा नरहेको गुरुङले ठोकुवा गरे ।
माओवादी केन्द्रबाट पोखरा १८ मा वडा अध्यक्षको उम्मेदवारी दिएका राजु शर्मा तिमिल्सिनाले विगत ३६ वर्षदेखि भोट दिएर जिताएको पार्टीले अहिलेसम्म जनताको समस्या समाधान गर्न तर्फ नलागेको बताए ।
उनीहरुले पहिला पनि जनतालाई झुकाएको जसरी अहिले पनि झुटो सपना बाडेर झुक्काउन खोजेको उनले दाबी गरे । माओवादीको जनप्रतिनिधी नभएको कारण गरिब, दुखी, दलित, जनजातिको समस्या समाधान नभएको तिमिल्सनाले सुनाए । माओवादीले हारे उत्तपिडित वर्ग हार्ने बताउँदै उनले माओवादीले जिते जनताको सत्ता स्थापना हुने भएकाले आफू र माओवादीलाई जिताउन अनुरोध गरे ।
कहिले फेवातालमा जाली नभएको कारण मत्स्य व्यवसाय धरापमा परेको, कहिले खानेपानी र बिजुली जस्ता अत्यावस्थक सेवाबाट बञ्चित हुनुपरेको थियो । यस्ता समस्याको समाधान माओवादीको सरकारले मात्र गर्न सक्ने उनले दाबी गरे ।
पोखरा १८ निर्वाचन कमिटिका संयोजक टिकाराम तिमिल्सिनाले माओवादीको आन्दोलनले गरीब, निमुखा, दलित र जनतातिलाई फाईदा पुगेको बताए ।
पोखरा १८ का दलित अगुवा कार्याकर्ता लक्ष्मण परियार गरीबको पार्टीलाई जिताएर सामान्तिको अन्त्य गर्न जनताको सहयोग अपरिहार्य रहेको बताए ।
माओवादी केन्द्र पोखरा महानगर कमिटी सदस्य हरि भण्डारीले जलारी समुदायलाई चुनावको समयमा प्रयोग गरेर अन्य समयमा हेप्ने र चेप्ने समस्या रहेको भन्दै माओवादीले जितेमा यस्ता समस्या नहुने बताए ।
युवा व्यवासायी तथा माओवादी केन्द्रका नेता युवराज खतिवडाले पोखरा १८ मा ३ टिमको प्रतिष्पर्धा रहेको जानकारी दिदै राजु तिमिल्सिनाले सार्वजनिक पदमा नबसे पनि आफ्नो ठाउँको विकास गरेका कारण वडामा विकासको लागि राजु तिमिल्सिनालाई जिताउनुपर्ने बताए ।
अन्य पार्टीले जलारी समुदायको लागि भोट किनेको जानकारी दिदै मान्छे किन्न र बेच्न नहुने धारणा राखे । राजु तिमिल्सिना सक्षम र योग्य रहेको जानकारी दिदै तिमिल्सिनाको जितको लागि माओवादीमा आवद्ध मात्र हैन गोलबद्ध हुनुपर्ने बताए ।
माओवादी केन्द्रका नेता अधिवक्ता तिलक कोइरलाले जलारी बस्तिका बच्चालाई पढाएको स्मरण गदै उनीहरुले बढ्ने विद्यालय बनाउँदा काँग्रेस र एमालेले बनाउन नदिएको अनुभव सुनाए । अहिले माओवादी केन्द्रका उम्मेदवार जुझारु रहेको कारण उनीहरूलाई जिताउने जिम्मा जलारी समुदायको रहेको दावी गरे ।
पोखरा १८ माओवादी केन्द्रका अध्यक्ष पुर्णखर तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रम माओवादी केन्द्रका सचिव बलराम तिमिल्सिनाले कार्याक्रम संचालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






