पोखरा, २३ बैशाख
पोखरा महानगरपालिका वडा नम्बर–७ का दलित बस्तीमा पुगेर माओवादी उम्मेदवारले उनीहरुको समस्या सुन्दै भोट माग्दै गरेका छन् । पोखरा–७ को दलित बस्ती उपल्लो प्रगतिटोलमा पुगेर माओवादी उम्मेदवारहरुले स्थानियका समस्या सुन्दै, भोट माग्दै गरेका हुन् ।
भोट माग्न पुगेका माओवादी उम्मेदवारहरुलाई उनीहरुले यसअघि एमाले, कांग्रेसले छलछाम तथा धोकाबाहेक केहिपनि नदिएको गुनासो गरे । उनीहरुले माओवादीले धोकाको राजनीति नगरे यसपटक भोट दिने वचन दिएको माओवादीबाट वडाध्यक्षका उम्मेदवार दण्डपाणी आचार्यले जानकारी दिए । स्थानिय दलित समुदायका प्रतिनिधिहरुले भनेका कुरा उदृत गर्दै उनले भने,‘कांग्रेस, एमालेजस्ता भ्रष्टाचारीलाई भोट दिएर पठायौं तर उनीहरुले दलित, सुकुम्बासीको उत्थानका लागि केहि गरेनन् । यसपटक भने माओवादीलाई नै दिन्छम् भोट ।’
माओवादी उम्मेदवारहरुलेपनि सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या गर्ने प्रतिबद्धता जनाएका थिए ।
पोखरा–७ मा माओवादीबाट वडाध्यक्षमा दण्डपाणी आचार्य, दुई खुल्ला सदस्यमा सीता पौडेल पराजुली र परमेश्वर आचार्य, महिला सदस्यमा पार्वती पनेरु तथा दलित महिला सदस्यमा श्रीमाया घताने उम्मेदवार छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





