पोखरा–१९ मा गठबन्धनका उम्मेदवार जनताको घरघरमा


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०७९ मा प्रकाशित




पोखरा, २३ बैशाख

पोखरा महानगरपालिका वडा नम्बर–१९ का गठबन्धनका उम्मेदवार जनताको घरदैलोमा पुगिरहेका छन् । पोखराका धेरैजसो वडामा गठबन्धन हुन नसकेपनि पोखरा–१९ मा कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन गरेर उम्मेदवारी दिएका त्यस वडाका उम्मेदवारहरु अहिले जनताको घरदैलोमा पुग्दै उनीहरुको समस्या सुन्ने र समाधान गर्ने वाचा गरिरहेका हुन् ।

घरदैलोका क्रममा पुगेका गठबन्धनका उम्मेदवारहरुले बाटो नपुगेको ठाउँमा बाटो, पानी नभएको ठाउँमा पानी, सिंचाई नपुगेको ठाउँमा सिंचाई पु¥याउने वाचा गर्ने गरेका छन् । घरदैलोमा पुगेका पोखरा–१९ का खुल्ला सदस्यतर्फका माओवादी उम्मेदवार सविन जिसीले स्थानिय जनतासामु भने,‘हिजोपनि तपाईंहरुको सुख, दुःखमा सँगै थियौं । आजपनि छौं र भोलिपनि रहन्छौं ।’ उनले हिजो जनप्रतिनिधि नहुँदापनि सकेको सहयोग गरेको भन्दै अब आफूसहित गठबन्धनका सबै उम्मेदवारलाई मत दिएर बिजयी गराएमा जनप्रतिनिधिको हैसियतबाट थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पोखरा–१९ को पुरुञ्चौर क्षेत्रमा दिउँसो गठबन्धनका मेयर, उपमेयरका उम्मेदवारसहितको कोणसभा थियो भने त्यसपछि घरदैलो गरिएको थियो ।

पोखरा–१९ मा गठबन्धनबाट वडाध्यक्षमा कांग्रेसका पुष्पेन्द्र पाण्डे, खुल्ला दुई सदस्यमा नेकपा माओवादी केन्द्रका सविन जिसी र कांग्रेसका दीपकराज बास्तोला, महिला सदस्यमा देवुकुमारी भट्टराई (आचार्य) र एकीकृत समाजवादीकी बिजुला परियार उम्मेदवार छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।