पोखरा २३, वैशाख
सिद्धार्थ राजमार्गको वैकल्पिक सडक निर्माण गर्न पोखरा २२ (पुम्दीभुम्दी) बासीले माग गरेका छन्। पोखरा २२ का साझाउमेदवार वडा अध्यक्षकाप्रत्यासीहिमलाल बराल नेतृत्वको टोली समक्ष स्थानियले उक्तमाग गरेकाहुन्।
छोरेपाटन देखि शान्ति स्तुपा, पुम्दीकोट, कालावाङ, पुम्दी, काभ्रे, ढावा उल्लेरी हुदै कुभिण्डेसम्म सडक निर्माण तथा छोरेपाटन देखि फुर्सेखोला, खाल्से हुदै कुभिण्डे सडक स्तरोन्नतीगर्न स्थानियले माग गरेको टोलीमा सहभागि हेमराज बरालले बताए । अध्यक्षकाप्रत्यासी बराल नेतृत्वको टोलीशुक्रबार ढावा, उल्लेरी, फुर्सेखोला, चिसापानी, खाल्से, पाउदुर, खाल्टा क्षेत्रमाचुनावीघर दैलो कार्यक्रम सम्पन्नभएको बरालले बताए ।
नेकपाएकिकृत समाजवादीकापोलिट व्यूरो सदस्यएवं पूर्व मन्त्रीतुलबहादुर गुरुङले अहिलेको अबस्थामा गठबन्धनको जितआवश्यकभएकोले प्रतिगमन बिरुद्ध ५ दलीय गठबन्धन एक हुनुपर्नेमाजोड दिए । शुक्रबार विभिन्न ठाँउमा आयोजितकोण सभामा समेत सम्बोधनगर्दै पूर्व मन्त्री गुरुङले पुम्दीभुम्दीमा गठबन्धनको तर्फबाट स्वतन्त्रउमेदवार पुम्दीभुम्दीकाविकासप्रेमी नेताको रुपमा रहेका हेमराज बराललाई सवैले साथ र सहयोग गर्नुपर्ने बताए । कोणसभामा कांग्रेसका नेताप्रकाश बराल, लोक बहादुर गुरुङ, माओबादी नेतानवराज बराललगायतले निर्वाचनशिक्षामा बढी सजगहुदै गठबन्धनको जित सुनिश्चित गराउनतर्फ लाग्नआग्रह गरे । अध्यक्षकाप्रत्यासी स्वतन्त्रउमेदवार बरालको चुनावचिन्हःभने भुईकटहर रहेको छ ।
पोखरा २२ को अन्य सदस्यकाप्रत्यासीमाकागं्रेसकीलक्ष्मी बरालमहिला सदस्य, माओबादी केन्द्रकीकल्पना रसाइलीदलितमहिला सदस्यमा, खुल्ला सदस्यमा चेतभत्त बराल र हुमबहादुर गुरुङ रहेका छन्। समाजवादीको चुनावचिन्हःकलम, काग्रेंसको रुख, माओबादीको हसियाहतौडा रहेको छ ।पोखराको आधार सबल अर्थतन्त्र र पुर्वाधार भन्ने नाराका साथ ५ दलीय गठबन्धनले पोखराको मेयरमा नेकपाएकिकृत समाजबादीकाधनराजआचार्यलाई मेयरमा, काग्रेँकी नेतृ कोपिला रानाभाटलाई उपमेयरमाउमेदवारको रुपमा उठाएको छ । आचार्यको चुनावचिन्हःकलमहो भने रानाभाटको चुनावचिन्हः रुख हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






