पोखरा १९ मा एमाले बलियो भएको दाबी


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०७९ मा प्रकाशित




पोखरा
स्थानीय तहको मतदानको मिती नजिकिँदै गर्दा पोखरामा चुनावी सरगर्मि बढ्दै गएको छ । एमालेको गढको रूपमा चिनिएको पोखरा १९ मा एमालेका उमेदवार मात्र नभई नेता कार्यकर्ता पनि पछिल्लो एक साता देखि घरदैलो अभियानमा सक्रिय भएका छन् । वडाध्यक्षका प्रत्यासी इमानराज पौडेल, सदस्य विकास आचार्य , दुर्गादेवी वस्नेत, नवराज केसी र कल्पना सुनार सहितका नेता कार्यकर्ताले आज विहान अकला मन्दिरवाट घरदैलो शुरू गरेका थिए ।

घरदैलोका क्रममा ८० वर्षीया वृद्धााले उमेदवारलाई आशिर्वाद दिदै , एमाले आफ्नै सन्तान वरावर भएको र यसैमा आफुले मतदान गर्ने वताइन ।
एमाले प्रदेश कमिटीका सदस्य शोभामोहन पौडेल, वलराम भण्डारी , उमनाथ गौतम, वडा ईन्चाज सुरेन्द्रमानसिह भण्डारी , नेता हिमलाल पौडेल, लेखनाथ पौडेल, लक्ष्मी अधिकारी, गिता तिवारी , युवा नेता महेन्द्र अधिकारी , अर्जुन अधिकारी , रमेश सुनार, वावुराम सुनार लगायतले लामाचौरको विभिन्न क्षेत्रमा घरदैलो गरि एमालेको पक्षमा मत मागेका छन् ।
शनिबार मेयरका उमेदवार कृष्ण थापा उपमेयरका उमेदवार मञ्जुदेवी गुरूङ सहित घरदैलो र सभा गरिने प्रचार समितिले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।