पोखरा, २३ वैशाख ।
अखिल क्रान्तिकारीकी नेतृ प्रविणा अधिकारीलाई यतिबेला चुनाव लागेको छ । उनी नेकपा माओवादी केन्द्रको एजेण्डा बोकेर जनताको घरदैलोमा पुगिरहेकी हुन् । नेकपा ९माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको उपप्रमुखमा उम्मेदवार बनाएपछि उनी अहिले चुनावी दौडमा लागेकी छन् । सानै उमेरदेखी अखिल क्रान्तिकारीमा आवद्ध भएर माओवादी आन्दोलनमा जोडिएकी अधिकारी यसअघिको निर्वाचनमा अध्यक्षको उम्मेदवार थिईन् । तर यसपटक पार्टीले उनलाई उपाध्यक्षको उम्मेदवार बनाएपछि उनी आफ्नो जिम्मेवारी र जनताको समस्या समाधानका लागि चुनावमा होमिएकी हुन् ।

उपाध्यक्षका प्रत्याशी अधिकारी अहिले चुनावी अभियानमा माछापुच्छ«ेका विभिन्न वडामा घरदैलो अभियानमा छिन् । धम्पुस, धिताल र घाचोकका घरदैलोका क्रममा जनताबाट अपार समर्थन प्राप्त भएकाले यसपटक आफू विजयी हुने उनको विश्वास छ। घरदैलोका क्रममा अधिकारीले मत माग्दै जनताका गुनासाहरु सुन्ने र समाधानको प्रविवद्धता व्यक्त गर्दै आएकी छन् । उनले भनिन्,“जनताले अहिले परिर्वतन चाहेका छन् । यसअघिको माछापुच्छ्रेको नेतृत्व असफल भएकाले यसपटक माओवादीको विकल्प छैन ।”

युवाहरुको साथ सहयोग र क्षमताको परिचालन गरेर किसान, मजदुर, ज्येष्ठ नागरिक, आमा दिदी बहिनीहरुको सेवा गर्ने आफ्नो योजना रहेको अधिकारीले बताइन् ।माछापुच्छ्रेका नौ वटै वडाको समानुपातिक विकास आफ्नो प्रमु्ख चुनावी प्रतिवद्धता रहेको उनले बताईन् ।
माओवादी केन्द्रले माछापुच्छ«ेका अधिकाँश वडामा एकल उम्मेदवारी दिएको छ । धम्पुस र धिताललाई माओवादीले जित्ने वडामा राखेको छ ।

वडा नं ७ धम्पुसमा माओवादीबाट बैकुण्ठ प्रसाद भण्डारी अध्यक्षको उम्मेदवार छन् । महिला सदस्यमा कल्पना भण्डारी, दलित सदस्य लक्ष्मी विक र खुला सदस्यमा प्रेम विश्वकर्मा र रामचन्द्र भण्डारी उम्मेदवार छन् ।
धितालमा पूर्णभद्र गौतम माओवादीबाट वडाध्यक्षको प्रत्याशी छन् । महिला सदस्य सीता अधिकारी, दलित सदस्य बसन्ती नेपाली र खुला सदस्य बबिनराज अधिकारी र रामबहादुर नेपाली सदस्य छन् । धिताल र धम्पुसका विभिन्न वडामा घरदैलो जारी रहेको माओवादीले जनाएको छ ।
त्यसैगरी वडा नं २ को सार्दिखोलामा श्री घले वडाध्यक्षको उम्मेदवार छन् । खुला सदस्यहरुमा पुष्पराज गौतम, विक्रम नेपाली, दलित महिला सदस्य शर्मिला विक र खुला महिला सदस्य पूर्णिमा तामाङ छन् । वडा नं ४ लाहाचोकमा माओवादीले चिरञ्जिवि अधिकारीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





