ज्येष्ठ नागरिक स्याहार केन्द्र बनाउँछौंः गठबन्धन


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७९ मा प्रकाशित




पोखरा, २४ वैशाख
नेपालमा सामाजिक सुरक्षा भत्ता९वृद्ध भत्ता० सुरुआत हुँदा अहिलेको नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल सरकारको उपप्रधानमन्त्री थिए । त्यही लोकप्रिय कार्यक्रमका सुरुआतकर्ता नेपालको पार्टी एकीकृत समाजवादीले पोखरा महानगरमा अहिले ज्येष्ठ नागरिक स्याहार केन्द्र बनाइदिने वाचा गरिरहेको छ ।
सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर उम्मेदवार छन् । आचार्य भन्छन्, ‘ज्येष्ठ नागरिक अनुभव, ज्ञान र सीपका खानी हुन् । उहाँहरुको अनुभव, ज्ञान हस्तान्तरण नगरी सम्भताअघि बढ्न सक्दैन । हामी निर्वाचित भएको १ वर्षभित्रै ज्येष्ठ नागरिक स्याहार केन्द्र स्थापना गर्ने छौं ।’
युवाहरु विदेश र रोजगारीका लागि घरबाहिर रहँदा वृद्धवृद्धाको स्याहारम अहिले समस्या देखिएको छ । यो समस्यालाई समाधान गर्न गठबन्धनले स्याहार केन्द्र बनाउने अवधारणा ल्याएको हो ।
परिवार, समाज र देशका लागि योगदान गर्ने नागरिकलाई वृद्धावस्थामा वृद्धाश्रम पठाउने प्रवृत्ति रोक्न स्थानीय सरकारले विभिन्न कार्यक्रम ल्याउने उनले सुनाए । गठबन्धनमा नेपाली कांग्रेसबाट उपमेयरकी साझा उम्मेदवार कोपिला रानाभाटले वृद्धहरुको उचित स्याहार, उपचारको व्यवस्था गर्दै उनीहरुलाई सरकारको आभास दिइने प्रतिवद्धता गरिन् ।
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारहरु मतदातामाझ घरदैलोमा छन् । सत्ता गठबन्धनले आइतबार पोखरामा बृहत आमसभा आयोजना गरेको छ । सभाम गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने तय छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।