पोखरा । युवा बौद्ध संघ नदीपुरले २५६६ औं बुुद्ध जयन्तीको अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रमको आयोजना थालेको छ ।
आगामी जेठ २ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन (शनिबार) निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । उक्त स्वास्थ्य शिविरमा करिब ३ सय बढिले सेवा लिएको कार्यक्रम संयोजक डा. भाइरत्न शाक्यले जानकारी दिए ।
उनका अनुसार शिविरमा हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटीलगायतका परीक्षण गरिनुुका साथै औषधिसमेत उपलब्ध गराइएको थियो ।
संघका अध्यक्ष सुदीप प्रधानाङ्गले आगामी आइतबार रक्तदानको आयोजना गरिएको बताउँदै वडाबासी एवं सम्पूूर्ण पोखरेलीलाई सहभागितको लागि अनुरोध गरे । त्यस्तै, सोमबार साइकल ¥यालीको समेत आयोजना गरिने उनले बताए ।
पोखरा साइकल सिटीको सहयोगमा आयोजना हुने उक्त ¥याली घेछेलिङ गुुम्बा दीपहुँदै, सुुखवति गुम्बादेखि अनदुुँस्थित शान्ति स्तुपासम्म हुने ¥याली संयोजक रवि उदासले बताए ।
बुद्ध जयन्तीको अवसरमा वृहत कार्यक्रम आगामी जेठ २ गते आयोजना गरिने आयोजकले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







