नागरिकको समस्या वडाबाटै समाधान गर्ने वातावरण बनाउँछौं : आचार्य


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७९ मा प्रकाशित




पोखरा, २४ बैशाख
सत्ता गठबन्धनबाट एकीकृत समाजवादीको तर्फबाट मेयरका उम्मेदवार धनराजआचार्यले वडालाई प्रविधियुक्त बनाउने बताएका छन् । उनले जनतालाई सहजबनाउनको लागिअधिकांश सेवा वडाबाटै हुने व्यवस्थामिलाउने बताए ।
स्थानीयनिर्वाचननजिकिएसँगै वडा–वडामा पुगेका आचार्यले मतदातासँगवडा विकासमालागि पर्ने बताए । ‘साना–सानासमस्याको लागिमहानगर जानुपर्दैन् । वडाबाटै समस्याको समाधान गर्ने व्यवस्थामिलाउनेछौं्,’ उनले भने, ‘वडावासीलाई सहजहोस भनी वडालाई प्रविधियुक्त सुविधा सम्पन्नबनाउनेछौं ।’उनले एउटा वडा र अर्को वडा जोड्ने कनेक्टिङ रोडबाट स्तरोन्नति गरिने बताए। पोखरा महानगरका ग्रामीण इलाकासँग जोडिएका ठाउँमा ‘ग्रेटर पोखरा’ को अवधारणसँग तालमोल गराई ५ वटा सेटलाइट टाउन्स निर्माण गरिने आचार्यले घोषणा गरेका छन् ।
उपमेयरकी साझाउम्मेदवार कोपिला रानाभाटले पाँचवर्षभित्रमहानगरीय खानेपानी प्रणालीलाई बहुसरोकारवाला परियोजनामार्फत व्यवस्थित गरिने बताइन् । चुनावीआमसभामापोखराकाविभिन्न ठाउँमा पुगेकी रानाभाटले सहरको नजिकभएकाठाउँहरुमा पनिखानेपानीको समस्या देखिन । ‘आधादिनखानेपानीको लाइनमाजाने गरेको मतदाताले गुनासो गर्नुभयोे,’ उनले भनिन्, ‘खानेपानीलाई जतिसक्दो घरघरमा पु¥याउनेछौं भनेर प्रतिबद्धता गरेका छौं । एक घर एक धाराको अवधारणा सहितपानी पु¥याउनछौं ।’
गठबन्धनले पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण ठानिएको अन्तर्राष्ट्रिय सभाहलनिर्माण सम्पन्न गर्ने र सभागृहमा रहेको सिटी हललाई व्यवस्थित गर्ने घोषणा गरेको छ । पोखराको वढ्दो सवारी चापलाई व्यवस्थापन गर्न अटोमेटिक ट्राफिक सिग्नलको अवधारणा अघि सार्ने गठबन्धनको घोषणामा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।