कविता घर्तीमगर,पोखरा । स्थानिय तहको निर्वाचन आउन अव मात्रै ६ दिन बाँकी रहेको छ । देशैभरी विभिन्न दलका उम्मेद्धारहरुलाई चुनावी घरदैलो कार्यक्रम लिएर मतदाताको घरदैलोमा पुग्न भ्यााईनभ्याई छ ।
जस अन्तर्गत बागलुङको निसीखोला गाउँपालिकामा विभिन्न पदका उम्मेद्धारहरु आफ्नो लोभलाग्दो चुनावी एजेण्डा सहित चुनावी अभियानमा ब्यस्त छन् । पालिका उपप्रमुखका उम्मेद्धार नेकपा माओबादी केन्द्रका प्रेम घर्तीमगरले पनि आफ्नो एजेण्डा मध्ये पालिका भित्रका जति पनि विद्यालय छन् सबै विद्यालयमा निशुल्क शिक्षा नीतिको सुरुवात गरि विकासको पहिलो पाईलाबाट एजेण्डा कार्यन्वयन गर्ने अठोटसहित चुनावी मैदानमा होमिएका छन् ।
“विकासको पहिलो पाईला भनेकै शिक्षा हो,जनता शिक्षित नभई विकासको परिकल्पना असम्भव छ,”उनले भने, “सबै समुदाय र वर्गमा समान शिक्षाको पहँुच पु¥याउनको लागि पालिका भित्र जतिपनि विद्यालय छन् सवै विद्यालयमा निशुल्क शिक्षाको नीति स्थापित गर्ने पहिलो काम हुने छ ।”
सरकारले कक्षा १२ सम्म माध्यमिक तहका रुपमा मान्यता दिदा कतिपय विद्यालय स्थानियबाट चन्दा संकलन र विद्यार्थीबाट असुल गरिएका मासिक र भर्ना फि का भरमा सञ्चालन छन् । जसले गर्दा आर्थिक अवस्था कम्जोर भएका विद्यार्थी शिक्षाबाट अगल हुनुपर्ने वाध्यता रहेको छ ।
यस पटकको स्थानिय चुनावमा गठबन्धनले जित हासिल ग¥यो भने वडाका प्रत्यक दुर्गम स्थानमा बालकक्षा सञ्चालन गर्ने र अहिले सञ्चालनमा रहेका प्रत्येक विद्यालयहरुमा निशुल्क शिक्षा,खेल शिक्षा र प्रत्येक विद्यालय खेलकुद मैदान सहितको भौतिक विकासका लागि बजेट व्यवस्था गरिने उपप्रमुखका उम्मेद्धार घर्तीमगरले बताए ।
“शिक्षासंगै अर्काे अत्यावश्यक विकास भनेको पालिका भित्र प्रत्येक वडामा सडक सञ्जाल जोड्नु हा,े”उनले भने, “स्थानिय स्तरमा कृषि,ढुंगाखानी लगाएतका उत्पादन र उत्खनन्संग जोडिएका बस्तुहरुलाई ब्यवस्थित तवरले व्यवसायीकरण गर्नको लागि सडक सञ्जालको आवश्यकता पर्छ, त्यसका लागि निसीखोलादेखि ढोरपाटन,पुर्वी रुकुम,रोल्पा लगाएत छिमेकी जिल्लासंगको सडक सञ्जालको योजना रहेको छ ।”निसीखोला भित्र पर्यटनको प्रचुर सम्भावना रहेको भएपनि पाँच बर्षको अवधीमा जेजति अभ्यासहरु भए अवको पाँच बर्षमा जनताले साँच्चिकै परिवर्तनको अनुभुति गर्ने उनको दावी छ ।
“पालिकालाई देशकै नमुना पालिका बनाउनका लागि मेरा धेरै एजेण्डा छन्,” उनले भने ,“मुख्य मुख्य भन्न पर्दा बागलुङको पश्चिम भेगका जनता अझैपनि स्वास्थ्य पहँुचबाट बन्चित छन्, अव त्यसै समस्यालाई मध्येनजर गरेर पालिका भित्रका दुर्गम स्थानमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिने छ भने पालिकामै एमविविएस स्तरको डाक्टरसहितको अस्पताल निर्माण गरिने छ ।”
ढोरपाटनमा उत्पादन हुने आलु,स्याउ,सिमी लगाएतका उत्पादनमुलक वस्तुलाई बजारिकरण गरि स्थानियको आयआर्जनमा टेवा पु’याउन पहल गरिनेछ उच्च भेगमा स्थानियले अंगाल्दै आएका जुन अहिले लोभ हुदै गएको भेडा पालन व्यवसाय ,उच्च स्थानमा पाईने जडिबुटिहरु र वडा नं. ६ मा उत्पादन हुने भांगो खेतीलाई संरक्षण र संवद्धन गरि कृषिलाई आधुनिकीकरण तथा बजारीकरण गरिने उनले बताए ।
उनले बागलुङको एकमात्रै स्थान निसीमा मगर समुदायले बोल्ने मातृभाषा(मगर खाम) लोभ हुने अवस्थामा रहेको छ, त्यसलाई सो सम्बन्धि विज्ञ टोलीहरुसंग गहन छलफल गरि स्थानिय पाठ्यक्रममा समावेश गरिने बताए । पर्यटकीय क्षेत्रको प्रचुर संभावना भएको निसीखोला गाउँपालिकामा बागलुङ र पुर्वी रुकुमसंग सिमा नाका जोडिएको पातिहाल्नेमा अवस्थित प्राकृतिक रिग ताल,रोल्पासंग सिमा जोडिएको तिलाचनमा अवस्थित तिलाचन ताल,कोठीभिर,प्युठानसंग सिमानाका जोडिएको स्थान नांगे धुरी लगाएतका स्थानमा आन्तरिक तथा वाह्य पर्यटक भित्राई स्थानियको आर्थिक उपार्जनमा टेवा पु’याउन ब्यवस्था गर्नको लागि आवश्यक बजेट विनियोजना गर्ने उनको प्रमुख योजना रहेको छ ।
निसीखोलाको वडा नं. १ र २ मा बर्षेनी बाढीपहिरोले विस्थापित हुनुपर्ने वाध्यता रहेको छ त्यसका लागि सुरक्षित स्थानान्तरणको व्यवस्था गरिने समेत उनले बताए । “हिजोका दिनमा म पालिका सरकारको कुनैपनि पदमा नुहदा पनि पालिका भित्रका जनताको समस्यामा निरन्तर खटेर आफ्नो तर्फबाट सक्दो पहल गर्दै आएको मान्छे हुँ,” उनले भने,“अव यसपटकको चुनावमा जिते भने जनाताका समस्या र मेरो पालिका विकासका लागि हिजोका दिन भन्दा दोब्बर ओहोरात्र खट्ने छु,पाँच बर्ष पछि पालिकाका जनतालाई गरेको आफ्नो सेवा र आफैलाई समिक्षा गर्दा पछुतो मान्ने छैन् ।”
बैदेशिक रोजगारका लागि हाम्रो देशका युवा जनशक्ति विदेश पलायन भैरहदा त्यसलाई रोक्न कृषिमा आधुनिकीकरण र पर्यटन विकासमा जोड दिई युवा प्रोहत्सानका कार्यक्रम आयोजना गरिने उनको सपना छ । साथै महिला शसक्तिकरण र आयआर्जन लक्षित कार्यक्रमलाई विषेश ध्यान दिईने उनको एजेण्डा रहेको छ । पालिका भित्र जतिपनि समस्या र सम्भावनाका विषय छन् अध्ययन गरि निकास दिन हरपल प्रयत्न रहने उनको भनाई छ ।
२०७४ देखि ०७७ सम्म निसीखोला वडा नं. ५ स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समितीको अध्यक्ष रहि विद्यालयको आर्थिक,भौतिक र शैक्षिक विकासमा निकै परिवर्तन ल्याएका छन् । उनी विद्यालयको अध्यक्ष रहदै उनको पहलमा विद्यालयमा खेलकुद मैदानको व्यवस्था, १२ सम्मको शिक्षा र प्राविधिक शिक्षा तर्फ पशु विज्ञानको समेत पढाई भैरहेको छ । समाज सेवा र विकासका लागि ओहोरात्र खटिरहने उनले निकै उद्धाहरणिय काम गरि जनताको मन जितिसकेका छन, राम्रो गर्न खोज्ने र गरिरहेको मान्छेको खुट्टा तान्ने समाजको प्रवृतिले गर्दा एकदुई जना कुरा काट्नेहरुले फरक नपर्ने उनले बताए ।
“समाजको सेवामा खट्ने मान्छे खटिरहनुपर्छ”,उनले भन,“ अवरोधहरु जति आउन् तर म लामो यात्रामा निस्किएको घोडा हुँ, खुट्टमामा कमिलोले टोक्दैमा यात्रा रोक्ने मान्छे होईन म,मान्छेले मनमा समाजको लागि परिवर्तनको सपना बोक्नुपर्छ ।”
हाल नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समिती सदस्य रहेका उनी २०७४ सालको स्थानिय चुनावमा गाउँपालिका प्रमुखमै कांग्रेससंग हारेको थिए । गाउँपालिका प्रमुखमा भने गठबन्धनबाट नेपाली कांग्रेसका सुर्य बहादुर घर्तीमगर प्रतिस्पर्धामा छन् ।
प्रमुखका उम्मेद्धार सुर्य बहादुर घर्तीमगर २०७४ सालको स्थानिय चुनावमा सोही पालिकाको वडा नं. ६ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । अहिले गाउँपालिका अध्यक्षका लागि ४ जना ,उपाध्यक्षका लागि ४ जनाको उम्मेद्धारहरु चुनावी मैदानमा छन् । गठबन्धनको चुनावी घरदैलो कार्यक्रम अन्तर्गत शनिबार वडा नं. ५ स्थित चेल्वाङ,३ स्थित धुरसेउला र वडा नं. ६ को शिर्वावाङमा उम्मेद्धार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको चुनावी अभियानकर्ता भरत ९सोपा० घर्तीमगरले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







