पहिला जनता मुखि सेवा, त्यसपछि विकास : पोखरा-२२ का उमेदवार बराल


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७९ मा प्रकाशित




पोखरा २४, वैशाख

पोखरा २२ का साझा उमेदवार वडा अध्यक्षका प्रत्यासी हिमलाल बरालले पहिला जनता मुखि सेवा शुभारम्भ गरे पछि मात्र विकास योजनाका कामलाई प्रथामिकता दिने बताउनु भएको छ । स्वतन्त्र उमेदवार अध्यक्षका प्रत्यासी बराल नेतृत्वको टोली शनिबार घर दैलो कार्यक्रममा सहभागि हुँदा स्थानिय समक्ष अध्यक्षका प्रत्यासी बरालले उक्त कुरा बताउनु भएको हो ।

स्थानियले जनताका साना भन्दा साना काममा झन्झटीलो व्यहोर्दै आउनु परेको टोली समक्ष गुनासो व्यक्त गरेसंगै अध्यक्षका प्रत्यासी बरालले पहिलो काम जनगुनासो नआउने गरी चुस्त दुरुष्त तथा छिटो छरीतो ढंगबाट काम गरेर मात्र विकास निर्माणमा जोड दिने बताउनु भएको हो ।

शनिबार उपल्लो खाल्से, बगुवा, ठुलास्वाँरा, सिरवानी, खर्साङ, सिमलेगौरी, पोखरा भ्यू प्वाइन्ट लगायतको क्षेत्रमा चुनावी प्रचार अभियान घर दौलो कार्यक्रम गरिएको माओबादी केन्द्रका नेता नवराज बरालले बताउनु भयो । अध्यक्षका प्रत्यासी स्वतन्त्र उमेदवार बरालको चुनाव चिन्हः भने भुईकटहर रहेको छ ।

पोखरा २२ को अन्य सदस्यका प्रत्यासीमा कागं्रेसकी लक्ष्मी बराल महिला सदस्य, माओबादी केन्द्रकी कल्पना रसाइली दलित महिला सदस्यमा, खुल्ला सदस्यमा चेतभत्त बराल र हुम बहादुर गुरुङ रहेका छन्। समाजवादीको चुनाव चिन्हः कलम, काग्रेंसको रुख, माओबादीको हसिया हतौडा रहेको छ । पोखराको आधार सबल अर्थतन्त्र र पुर्वाधार भन्ने नाराका साथ ५ दलीय गठबन्धनले पोखराको मेयरमा नेकपा एकिकृत समाजबादीका धनराज आचार्यलाई मेयरमा, काग्रेँकी नेतृ कोपिला रानाभाटलाई उपमेयरमा उमेदवारको रुपमा उठाएको छ । आचार्यको चुनाव चिन्हः कलम हो भने रानाभाटको चुनाव चिन्हः रुख हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।