पोखरा २५ बैशाख ।
पाखेरा महानगरपालिका १८ मा माओवादी केन्द्रका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले २२ सय भन्दा धेरै मत ल्याएर आफुले विजयी हासिल गर्ने दावी गरेका छन् । उनले काँग्रेस र एमालेलाई ७ सय मतको अन्तर पार्दै आफ्नो प्यानलले जित्ने दावी गरेका हुन । आफुसंग वडा विकासको लागि योजना र जनताको समर्थन भएको तिमिल्सनाले बताए ।
गाउँ गाउँमा सिहदरबारको अनुभव हुने गरेर काम गर्ने उनले सुनाए । पोखरा १८ मा रहेकोे जलारी समुदाय, भुमिहीन, सुकुमबासी अव्यवस्थीत बासोबासको समस्यामा आफु जानकार रहेको सुनाए । पर्यटन व्यसायीमा रहेको समस्याको समाधान गर्ने, खानेपानीको समस्या, कृषि सडक, वडामा रहेका ठाडा र तेर्साबाटो निर्माण गर्ने, फेवातालसँग जोडिएको समस्यालाई समाधान गर्ने उनको घोषणा पत्रमा रहेको जानकारी दिदै घोषणपत्रलाई पुर्ण रुपमा कार्यान्यनमा लैजाने जानकारी दिए । आफ्नो योजना पुरा गर्नको लागि सम्पुर्ण वडाबासीले आफुलाई मतदान गर्न आग्रह गरे ।
माओवादी केन्द्र पोखरा १८ का निर्वाचन कमिटिको संयोजक टिकाराम तिमिल्सिनाले माओवादीको जित निश्चन भएको भन्दै सामाजमा रहेका माओवादीमा आस्था राख्नेले खुलेर समर्थन गरेको जानकारी दिए ।
‘२०६४ सालका माओवादी पुन माओवादीमा खुल्न थालेको भन्दै दिन प्रतिदिन माओवादी केन्द्रको माहोल बढ्दै गएको छ,‘उनले भने,‘ पोखरा १८ का जनताले पनि माओवादी चाहेको छन् ।
अहिलेको उम्मेदवारले जनताको दुःख र भुगोल राम्रोसंग बुझेको कारण जताले मागोको जस्तो उम्मेदवार पाएको तिमिल्सिनाले जनाए ।
माओवादी केन्द्र पोखरा १८ पार्टी अध्यक्ष पुर्णखर तिमिल्सिना प्रचार प्रसार अभियान १० औ दिनमा पुगेको भन्दै माओवादी केन्द्रको जितको निश्चत भएको दावी गरे ।
अभियान १० औ दिनमा पुग्दा माओवादी केन्द्रको आकर्षण बढ्दै गएको सुनाए ।
पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट राजु शर्मा तिमिल्सिनाले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्यमा साहारा नेपाली, खुल्ला सदस्यमा हुमबिर पुन र उमनाथ तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






