पोखरा २५, वैशाख
पोखरा २२ (पुम्दी भुम्दी) मा बादर नियन्त्रणको लागि बिषेश पहल गर्ने पोखरा २२ का साझा उमेदवार वडा अध्यक्षका प्रत्यासी हिमलाल बरालले बताएका छन्। यही वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि संचालन भएको प्रचार अभियान अन्र्तगत घरदैलो कार्यक्रममा स्थानियले बादर नियन्त्रण गर्न माग गरेसंगै अध्यक्षका प्रत्यासी बरालले बादर नियन्त्रणमा बिषेश पहल गर्ने बताएका हुन्।
स्वतन्त्र उमेदवार बरालले भूईकटहर चिन्हःमा आफुलाई स्थानियले मतदान गरी विजयी गराएको खण्डमा आफुले बादर नियन्त्रणको लागि बिउ पुंजिको रुपमा क्षतिपुर्तिको व्यबस्था, बैकल्पिक खेति वाली तथा कृषि बिमा लगायतका कार्यक्रम ल्याउने दाबी गरेका हुन्। आइतबार घर दैलो कार्यक्रम अन्र्तगत सिमलटारी, साईस्वाँरा, फलेटे लगायतको क्षेत्रमा घर दैलो कार्यक्रम भएको माओबादी केन्द्रका नेता नवराज बरालले बताए । घर दैलो कार्यक्रममा अधिकांश स्थानियले सडक बाटो तथा खानेपानीको व्यबस्था गर्न समेत माग गरेको टोलीमा सहभागि कागेंस नेता प्रकाश बरालले बताए ।
पोखरा २२ को अन्य सदस्यका प्रत्यासीमा कागं्रेसकी लक्ष्मी बराल महिला सदस्य, माओबादी केन्द्रकी कल्पना रसाइली दलित महिला सदस्यमा, खुल्ला सदस्यमा चेतभत्त बराल र हुम बहादुर गुरुङ रहेका छन्। समाजवादीको चुनाव चिन्हः कलम, काग्रेंसको रुख, माओबादीको हसिया हतौडा रहेको छ । पोखराको आधार सबल अर्थतन्त्र र पुर्वाधार भन्ने नाराका साथ ५ दलीय गठबन्धनले पोखराको मेयरमा नेकपा एकिकृत समाजबादीका धनराज आचार्यलाई मेयरमा, काग्रेँकी नेतृ कोपिला रानाभाटलाई उपमेयरमा उमेदवारको रुपमा उठाएको छ । आचार्यको चुनाव चिन्हः कलम हो भने रानाभाटको चुनाव चिन्हः रुख हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






