पोखरा–३२ मा माओवादी उम्मेदवार : चुनाव जितेमा घरघरमा आएर लालपूर्जा बाँड्छौं


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०७९ मा प्रकाशित




पोखरा, २४ बैशाख

नेकपा माओवादी केन्द्रका नेता विष्णु पौडेलले चुनाव जितेलगत्तै सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने बताएका छन् । पोखरा–३२ मा आईतबार आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा माओवादीका नेता पौडेलले भने,‘अहिले भोट हालेर चुनाव जिताउनूस् । हामी चुनाव जितेको केहि समयमै घर÷घरमा आएर लालपूर्जा दिन्छौं ।’ उनले कांग्रेस एमालेले चुनाव जितेपनि लालपूर्जापनि नदिने र विकास र समृद्धिका लागिपनि काम नगर्ने भएकाले उनीहरुलाई भोट हाल्न नहुने बताए ।

कार्यक्रममा माओवादी उम्मेदवारहरुलेपनि जितेलगत्तै लालपूर्जा वितरण गर्ने प्रतिबद्धता जनाएका थिए । सुकुम्बासीको पक्षमा उभिने माओवादी मात्रै भएकाले माओवादीलाई जिताएर पठाउन उनीहरुको आग्रह थियो ।

पोखरा–३२ मा माओवादीका तर्फबाट वडाध्यक्षमा भवानीप्रसाद पौडेल, खुल्ला सदस्यमा अर्जुन मल्ल र गोकुल विक, महिला सदस्यमा गंगादेवी पौडेल र दलित महिला सदस्यमा बसन्ती कामी उम्मेदवार छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।