पोखरा, २५ बैशाख
पोखरा महानगरपालिका वडा नम्बर–१२ का लालीगुराँस टोल र भृकुटीमार्गका जनताले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई भोट हाल्ने प्रतिबद्धता जनाएका छन् । घरदैलोका क्रममा पोखरा–१२ का उम्मेदवारहरु लालीगुराँस शान्ति मिनिमार्गका बासिन्दा तथा भृकुटी मार्गका बासिन्दाले माओवादीकै कारण आफ्नो ठाउँमा बाटोसँगै सिंचाईका लागि नहर र कुलो प्राप्त भएकाले त्यसको गुन सम्झेर माओवादीलाई भोट हाल्ने बताएको माओवादीबाट सदस्य पदकी उम्मेदवार चन्द्रा पराजुलीले जानकारी दिईन् । स्थानियलाई उद्धृत गर्दै उनले भनिन्,‘हाम्रो लागि विकास दिने माओवादी नै । अब हामी माओवादीलाई नै भोट हाल्छौं ।’
उनीहरुले माओवादीको टिम केहि गर्ने योजना र लक्ष्यसहित आएको युवा र महिलासहितको समावेशी टोली रहेको भन्दै जिताउने वाचा गरेको उनले जानकारी दिईन् ।
माओवादीका उम्मेदवारहरुले लालीगुराँस टोल, भृकुटीमार्गसँगै प्रगतिटोललगायतका क्षेत्रमापनि घरदैलो गरेको थियो ।
पोखरा–१२ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा गोविन्दप्रसाद घिमिरे, महिला सदस्यमा चन्द्रा पराजुली, दलित महिला सदस्यमा मीनाकुमारी कामी तथा खुल्ला दुई सदस्यमा दीलबहादुर केसी र बिरेन्द्रबहादुर थापा उम्मेदवार छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






