हिमाल कलेजका विद्यार्थी गण्डकीकै उत्कृष्ट


     एभरेस्ट आवाज    
     वैशाख २६ गते २०७९ मा प्रकाशित




पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएका छन् । बिबिएस दोस्रो वर्षको परीक्षामा सम्मिलित विद्यार्थीहरुले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेका हुन् ।

हिमाल कलेज अफ म्यानेजमेन्टकाका प्रमुख हरि कार्कीका अनुसार २०७७ सालको बिबिएस दोस्रो वर्षको परीक्षामा सम्मिलित विद्यार्थीले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट नतिजा ल्याएका हुन् ।

परीक्षामा सम्मिलित २२ विद्यार्थीले ६७ प्रतिशत अंक ल्याएर गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएका हुन् । गत सालको परीक्षामा पनि हिमाल कलेजका विद्यार्थीले गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएको कार्कीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।