तनहुँका मतदान केन्द्रमा मतदान सामग्री ढुवानी गर्दै


     एभरेस्ट आवाज    
     वैशाख २६ गते २०७९ मा प्रकाशित




तनहुँ । आसन्न निर्वाचनका लागि आजदेखि तनहँुका मतदान केन्द्रमा सामग्री पठाउने तयारी गरिएको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँले सोमबारदेखि मतदान सामग्री दिएर कर्मचारी परिचालन गर्न लागेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार नै मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीको केन्द्रसहितको विवरण सार्वजनिक गरिसकेको छ ।

छवटा स्थानीय तहलाई आज र चार वटा स्थानीय तहलाई मंगलबार सामग्री बुझाइने निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार घिरिङ , ऋषिङ, देवघाट , बन्दीपुर र आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकालाई आज तथा व्यास , भानु, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई मंगलबार सामग्री प्रदान गरिनेछ ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगीको नियुक्ति मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइने र सहायक कर्मचारीहरुले नियुक्तिपत्र खटिएको स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध हुने कार्यालयले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।