पोखरा, २६ वैशाख
सत्ता गठबन्धनबाट पोखरा महागरका उम्मेदवारले विदेशमा रहेका नागरिकलाई देश फर्किन आग्रह गरेका छन् । साधन, स्रोत र अनेक सम्भावना रहेकाले पोखरामा रोजगारीका अनेक अवसर सिर्जना गर्न सकिने उनीहरुले बताए ।
उनले भने, ‘परिवर्तनको अनुभूति चाडै दिन्छौं, ६ महिनाभित्रै आहापोखरा भन्ने अनुभूति दिलाउँछौं । कार्यकाल सकिँदापोखरा आधुनिकअन्तर्राष्ट्रिय सहर बन्नेछ ।’
सोमबार पोखरा २७माभएको चुनावी सभामा मेयर उम्मेदवार धनराजआचार्यले धेरै नेपालीबाध्यताले विदेशिएको उल्लेख गर्दै घर फर्किन आग्रह गरेका हुन् । आचार्यले भने, ‘तपाईहरु त्यहाँआर्जन गरेको ज्ञान, सीप लिएर फर्किनुस्, हामी रोजगारी दिन्छौं ।’
उनले देशकै ठूलो पोखरा महानगर प्रवेश गर्नेबित्तिकै फरक अनुभूतिदिने खालका संरचनाबनाउने प्रतिवद्धता गरे । पोखरा प्रवेशका ३ नाका कोत्रे, छोरेपाटन र हेमजा फेदीमाआकर्षक प्रवेशद्धार बनाइने उनले बताए । अहिलेको पोखरा महानगरका जनप्रतिनिधिले सिंहदरबारको अधिकार गाउँमाआएको आभास दिलाउननसकेको उनको टिप्पणी छ ।
उनले भने, ‘अहिलेको नेतृत्वले लक्ष्य अनुरुपको सेवादिएन । भनसुनबाट कामहुने, सिस्टममा नहुने, टेबुलमुनिहात नछिराई कामननहुने खालकागुनासापनिआएका छन् ।’ आचार्यले गठबन्धनको नेतृत्वआएमा वडा र महानगरबाट हुने सबै काम सिस्टमबाट हुने व्यवस्थामिलाउने बताए ।
उनले भने, ‘नेतृत्वले कर्मचारीले कामगर्न दिएनभनेर उम्किनपाइदैन । सबै काम म भन्ने कुरामाथिमाथि उठेर हामीभन्ने गर्ने छौं ।’ पोखराभित्र ३ खालकापोखरेलीमनोविज्ञान रहेको उल्लेख गर्दै उनले सबैलाई सँगसँग हिँडाउने प्रतिवद्धता जनाए । आचार्यले भने, ‘पोखराभित्रै ३ पोखरा छन् । पुरानो पोखरा उपमहानगर, पछि थपिएको लेखनाथनगर र पछि थपिएका वडाहरु । ग्रामीण वडामा पूर्वाधार र मुख्यबजार क्षेत्रमाआवश्यक संरचनाबनाएर सबै क्षेत्रको समुचितविकास गर्ने छौं ।’
तनहुँको आदिकविभानुभक्तआचार्यको जन्मस्थल जसैगरी लेखनाथजन्मस्थललाई पनि पर्यटकीय गन्तव्यबनाउने योजनाउनले सुनाए । उनले थपे, ‘ इतिहासलाई सम्मान गर्न नसकिएवर्तमान राम्रो बन्न सक्दैन । अर्घाै अचैलेमा २ वर्षभित्र सबैले हेर्न जाउँभन्ने खालको स्थलबनाउने छौं । ’
वडा नं. ३३ र २७ जोड्ने पुलबनाउनपहललिने उनको भनाइछ ।विजयपुर पारीको क्षेत्रलाई स्याटालाइट सिटीको रुपमाविकास गर्ने उनले सुनाए ।
नेपालीकांग्रेसबाट गठबन्धनकी साझाउपमेयर कोपिला रानाभाटले घोषणापत्रका अघि सारिएका एजेन्डाहरु कार्यान्वयनगर्दै समृद्ध महानगर बनाउने प्रतिवद्धता गरिन् । उनले टोल टोलमाउत्पादन बढाउन आमा समूहहरुलाई उत्पादनकालागिबिउँपुजीदिने प्रवितद्धता गरिन् ।
महानगरमा पछि परेका वडाको विकासमा गठबन्धनले विशेष ध्यानदिने उनको वाचा छ । रानाभाटले भनिन्, ‘हामीलाई महानगरमाथपिएका वडाहरु ओझेलमा परेको अनुभवभएको छ । यस्तो अनुभूति हटाएर यहाँकाबासिन्दालाई महानगरबासीभएको अनुभव गठबन्धनले दिलाउनेछ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







