आज राति १२ बजेबाट मौन अविधि सुरु

- उल्लंघन गरे कारबाही, मौन अवधिमा पालना गर्नुपर्ने आचरणहरु (के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?)


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०७९ मा प्रकाशित




स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते हुँदै छ। काउन्ट डाउनमा निर्वाचन हुन अब ३ दिन मात्रै बाँकी छ। निर्वाचन अन्तर्गत आज (मंगलबार) राति १२ बजेबाट मौन अवधि लागु हुँदै छ।

निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ। मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।

मौन अवधिभर निर्वाचन प्रचार–प्रसार कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उमेदवारको पक्ष/विपक्षमा मतदानलगायत कुनैपनि प्रकारका छलफल गर्न नपाइने आयोगले जनाएको छ। सामाजिक सञ्जालबाट कसैको प्रचार गर्न र भ्रामक सूचना प्रवाह गर्न नपाइने आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता पालन भए÷नभएको अनुगमनका लागि अनुगमन टोली पनि आयोगले परिचालन गरेको छ। उक्त टोलीले उल्लंघकर्ता जो सुकै भएपनि कारबाही गर्नसक्नेछ। आयोगले मुख्यमन्त्रीदेखि मेयरका उमेदवारसम्मलाई स्पष्टिकरण सोधिसकेको छ।

यसैबीच, आयोगले आजदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री, वितरण र सेवन नगर्न आग्रह गरेको छ।

तोकिएको अवधि र ठाउँमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।