कपिलवस्तुको महाराजगन्ज नगरपालिकाकी उपप्रमुख उम्मेदवार कुर्मीको निधन


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०७९ मा प्रकाशित




कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावति कुर्मीको गएराति निधन भएको छ।

निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनको हृदयघातका कारण सोमबार राति एक बजे निधन भएको हो। उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको आज निर्वाचनका सबै कार्यक्रम स्थगित भएको छ।

अब, उक्त नगरपालिकामा निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रिया अघि बढ्नेछ। कुर्मी महाराजगन्ज नगरपालिका–२, गैडहवाकी बासिन्दा हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।