स्याङ्जाको आँधिखोलामा एमालेका कार्यकर्ता माथि हातपात, ‘हातपातमा हाम्रो संलग्नता छैन’ : गबन्धन


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा नेकपा एमालेको आमसभामा सहभागि कार्यकर्ताहरुमाथि ढुङ्गा मुढासहित हातपात भएको छ ।

नेकपा एमाले आधिँखोला गाउँपालिका निर्वाचन परिचालन कमिटीले कृषि पुलको छेउमा आयोजना गरेको बृहत चुनावी प्रचार अभियानको चुनावी आमसभामा सहभागी कार्यकर्ता माथि कार्यकर्ताले ढुंगामुढा प्रहार हुँदा ४ जना घाइते भएको नेकपा एमाले वडा नम्वर ५ कमिटीका सचिव केदारनाथ पौडेलले बताए ।

ढुङ्गा मुढा प्रहारबाट एमाले गाउँ कमिटी– ५ का सदस्य पुरुषोत्तम पौडेल (शिव), संगठित सदस्य अनिल थापा र वडा कमिटी उपसचिव मातृका सुबेदी लगायत घाइते भएको सचिव पौडेलले जानकारी दिए । घाइतेमध्य थापाको स्याङ्जामा र पौडेल र सुबदीको पोखराका विभिन्न अस्पतालमा उपचार भईरहेको छ । ढुङ्गामुढा सहित हातपातमा नेपाली कांग्रेस सहित नेकपा एकिकृत समाजवादी र नेकपा माओवादीका कार्यकर्ताको संलग्नता रहेको पौडेलले आरोप लगाए ।

उनले भने ‘हामीले गरिरहेको आमसभामा सहभागी कार्यकर्तामाथि विपक्षी नेपाली कांग्रेससहित नेकपा एसका कार्यकर्ताले अन्धाधुन्द ढुंङ्गा प्रहार गर्दा हाम्रा ४ जना कार्यकर्ता गम्भीर घाइते भएका छन् ।’ नेकपा एमाले वडा नम्वर ५ का सचिव तथा वडा सदस्यक्षका पत्यासीसमेत रहेका केदारनाथ पौडेलले एभरेस्ट आवाजसँग कुरा गर्दै भने । उनले थपे, ‘विपक्षीको यो हमला पराजित मानसिकता हो ।, उक्त घट्नाको हामी घोर भत्र्सना गर्दछौं ।’

यता नेपाली कांग्रेसले भने घटनाबारे कुनै जानकारी नभएको बताएको छ । आफूहरु दिनभर जुग्लेमा चुनावी सभामा व्यस्त रहेको र आफ्ना कार्यकर्ताबाट त्यस्तो हातपात नभएको नेपाली कांग्रेसबाट वडा नम्वर ५ का वडाध्यक्षका प्रत्यासी कृष्ण पौडेलले प्रतिकृया दिए । उनले भने, ‘एमालेका साथीहरुले जुन आरोप लगाउनु भएको छ, त्यो सरासर गलत हो, खण्डन गर्न चाहान्छु ।’
उनले नेकपा एमालेले चुनावी सभाका सम्बन्धमा यसअघि भएको सहमती तोडेको पनि आरोप लगाए । उनले भने, ‘चुनावी सभाका सम्बन्धका पालिकास्तरमा हामीले स्थानिय निस्तिखोलालाई सिमाना बनाएर गठबन्धनका नेता कार्यकर्ता उता नजाने र एमालेका कार्यकर्ता यता नआउने एक किसिमको भद्र सहमती गरेका थियौं ।’ ‘उहाँहरुले नै आफ्ना कार्यकर्ताहरुलाई हाम्रो सभास्थलमा पठाएर हाम्रो कार्यक्रम विथोल्ने प्रयास गर्नुभयो ।’

आँधिखोला गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी दल र नेकपा माओवादी केन्द्रविच चुनावी तालमेल भएको छ । एमालेको एकल उम्मेदवारी छ । गठबन्धनका तर्फबाट पालिका अध्यक्षमा नेपाली कांग्रेसका प्रेम पौडेल र उपाध्यक्षमा एकीकृत समाजावादीका रामचन्द्र पौडेल प्रत्यासी उम्मेद्वार छन् ।

यस्तै एमालेबाट अध्यक्षमा विश्व पौडेल र उपाध्यक्षमा सिता थापा चुनावी मैदानमा छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।