कर्मचारीले भोट हाल्न पाउँछन् कि पाउँदैनन् ?


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०७९ मा प्रकाशित




मतदानमा खटिने कर्मचारी मत हाल्न पाउँदैनन्। कुनैपनि मतदान केन्द्रमा मतदाता नामावली नभएको कर्मचारी पठाइन्छ।

कर्मचारीहरु राष्ट्रसेवकका रुपमा खटिएका हुन्छन्। देशमा निर्वाचन जस्तो राष्ट्रिय कार्यक्रम हुँदा पनि उनीहरु मतदान गर्नबाट वञ्चित हुन्छन्। यदि, मतदानका लागि खटिएका कर्मचारी त्यही बुथका मतदाता भएपनि उसले मत हाल्न पाउँदैन।

कास्कीका प्रजिअ जयनारायण आचार्य भन्छन्, ‘मतदान गर्ने अधिकार भन्दा पनि राज्यको कानून अनुसार राष्ट्रसेवकको जिम्मेवार ठूलो छ। कर्मचारी भनेका राष्ट्रिय प्रणालीलाई स्वच्छ र स्वतन्त्र बनाउने जन्ती हौँ। दुलाहा–दुलहीको बीचमा समन्वय गरिदिने जन्तिका रुपमा राष्ट्रसेवकहरु रहन्छनु। लाभग्राही अरु नै हुन्छन्, तर, कर्मचारीहरुले राज्यको प्रणालीलाई स्वच्छ र स्वतन्त्र बनाउने कुरामा महत्वपूर्ण भूमिका खेल्नुपर्ने दायत्व हुन्छ।’

प्रजिअ आचार्यका अनुसार मतदान केन्द्रमा खटाएको कर्मचारी गएन भने उ कारवाहीको भागीदार बन्दछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।