पोखरा । कास्कीमा करीब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । कास्कीको पाँचवटै पालिकाको एभरेज मत प्रतिशत करीब ६५ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । यो प्रारम्भिक अनुमान मात्र रहेको उनको भनाई छ ।
कास्कीमा पोखरा महानगरपालिकासहित रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिका गरी पाँच वटा स्थानिय तह रहेका छन् । जसमध्ये पोखरा महानगरपालिकामा सबैभन्दा कम करीब ६३ प्रतिशत मात्र मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
मतदानको समयसीमा ५ बजे सकिएपनि मतदान गर्ने क्रम अझै जारी छ । लाईनमा बसिसकेकाहरुलाई मतदान गर्न दिने प्रावधान अनुसार मतदान गर्न दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कास्कीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । ‘छिटपुट विवादबाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ’–मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले भने ।
कास्कीमा कुल २ लाख ८१ हजार ९ सय ४० मतदाता रहेका छन् । त्यसमध्ये पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् ।
त्यस्तै, माछापुच्छ«े गाँउपालिकामा २० हजार ४ सय ६८, अन्नपूर्ण गाउँपालिका २० हजार ३ सय ६४, रुपा गाँउपालिकामा १४ हजार ६ सय ४४, मादी गाउँपालिकामा १८ हजार ७ सय ५९ मतदाता रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






