अध्यक्ष नेपालद्वारा आयोगलाई धन्यवाद


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आमजनताको उत्साहजनक सहभागिता र शान्तिपूर्ण तरिकाले सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् ।

उनले हिजो एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीसम्बद्ध सबैलाई पार्टीका तर्फबाट धन्यवाद दिएका हुन् ।

देशभर ७५३ स्थानीय तहका साथै छ हजार ७४३ वडामा शुक्रबार भएको निर्वाचनमा एक करोड ७७ लाख मतदातामध्ये करिव ६४ प्रतिशतले मतदान गरेका थिए ।

विभिन्न १६ जिल्लाका २८ पालिकाको ४३ मतदानस्थल र ७७ मतदान केन्द्रमा निर्वाचन स्थगन भएकाले पुनः मतदान हुने निर्वाचन आयोगले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।