तस्विर : महेन्द्र थापाको फेसबुकबाट
स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका – ५ को वडाध्यक्षमा गठबन्धनबाट उम्मेद्वार बनेका नेपाली कांग्रेसका डिलबहादुर गुरुङ विजयी भएका छन् ।
आज बिहान सम्पन्न मतगणनामा गुरुङले निकटम प्रतिस्पर्धी नेकपा एमालेका चेतन शर्मालाई २६ मतान्तरले पराजित गरेका हुन् । गुरुङले ४०० मत प्राप्त गर्दा शर्माका पक्षमा ३५९ मत खसेको हो ।
सो वडामा गठबन्धनका ४ वडा सदस्य विजयी हुँदा एमालेबाट दलित महिला सदस्यतर्फका उम्मेद्वार कौशिला परियार (३७९) विजयी भएकी छन् ।
महिला सदस्यमा कांग्रेसकी पार्वती क्षेत्री (३८५), खुल्ला सदस्यतर्फ नेपाली कांग्रेसका थमनसिंह गुरुङ( ३८०) र कमल बहादुर थापा ( ४२२) मतका साथ निर्वाचित भएका छन् ।
निर्वाचनमा नेकपा एमालेकी महिला सदस्यतर्फका उम्मेद्वार युग कुमारी लामिछाने (३६९), खुल्ला सदस्यतर्फ एमालेका नन्दबहादुर गुरुङ (३६६) र पदम बहादुर क्षेत्री (३४१) पराजित भए । दलित महिलातर्फ नेपाली कांग्रेसकी सरिता दर्जीले ३५४ मत प्राप्त गरिन् ।
शुक्रबार सम्पन्न भएको स्थानिय तह निर्वाचनमा वडा नम्वर ५ मा ७९४ मत खसेको थियो । हाल वडा नम्वर ४ तर्फको मतगणना जारी रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — पोखरामा सडक नालीबाट आएको पानीको भलले बगाउँदा आमा–छोरीको मृत्यु भएको…





