पोखरा । शुक्रबार सम्पन्न स्थानिय तह निर्वाचनको ११ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
हालसम्म प्राप्त विवरण अनुसार अध्यक्षमा नेकपा एमालेले ५, कांग्रेसले २ , एकिकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले एक ठाउँमा जित हाँसिल गरेको छ ।
एमालले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको ङिस्याङ गाउँपालिका, मनाङकै चामे गाउँपालिकामा निर्वाचित भएको हो भने डोल्पाको शे फोक्सुन्डो गाउँपालिकामा निर्विरोध निर्वाचित भएको हो ।
यस्तै नेपाली कांग्रेसले मनाङको नासोमा गाउँपालिका, मनाङकै नार्पाभूमि गाउँपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकामा निर्वाचित भएको छन् ।
नेकपा एकीकृत समाजवादीका उम्मेद्वार डोल्पाको काइके गाउँपालिका र छार्का साङतोङ गाउँपालिकाको अध्यक्षमा यसअघिनै निर्विरोध निर्वाचित भइसकेका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवारले डोल्पाको जगदुल्लाह गाउँपालिकामा जित निकालेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





