पोखरा । पोखरामा महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेद्वार कृष्ण थापाले अग्रता लिएका छन् । पोखरा १२ जारी मतगणनामा एमालेका थापाले गठबन्धन दलका साझा उम्मेद्वार धनराज आचार्यलाई उछिनेका हुन् ।
वडा नम्वर १२ को प्रारम्भीक १ सय मत गणना हुँदा थापाले ३९ मत प्राप्त गरेका छन् । भने आचार्यको पक्षमा २७ मत गणना भएको छ ।
यस्तै उपमेयर तर्फपनि एमालेकी मञ्जुदेवी गुरुङ र गठबन्धन दलकी साझा उम्मेदवार कोपिला रानाभाट विचपनि कडा प्रतिस्पर्धा भइरहेको छ । गुरुङले ४० मत प्राप्त गर्दा रानाभाटले ३८ मत प्राप्त गरेकी छन् ।
यसअघि पोखरा महानगरपालिका वडा नम्वर १ को प्रारम्भीक ५० मतगणना हुँदा नेकपा एकीकृत समाजवादीबाट महानगरको मेयर पदका प्रत्यासी आचार्यले २३ मत प्राप्त गर्दा एमालेका थापाले २२ मत प्राप्त गरेका थिए ।
यो सहित गणना गर्दा एमालेका थापा र आचार्यविचको मतान्तर ११ छ । थापाले ६१ मत प्राप्त गर्दा आचार्यले ५० मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयर तर्फभने दुबैले समान ६० मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — पोखरामा सडक नालीबाट आएको पानीको भलले बगाउँदा आमा–छोरीको मृत्यु भएको…





