कास्कीको अन्नपूर्णमा कांग्रेसका युवराजको अग्रता कायमै, एमालेका केसी ४१ मतले पछाडी


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित




पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका प्रत्यासी युवराज कुँवरले आफ्नो अग्रतालाई कायम राखेका छन् ।

हालसम्म करिव एक हजार २ सय मतगणना सकिँदा उनले आफ्ना निकटम प्रतिस्पर्धी नेकपा एमालेका प्रत्यासी विष्णु बहादुर केसीलाई ४१ मतान्तरले अग्रता लिइराखेका हुन् ।

कुँवरले ५५४ मत प्राप्त गर्दा एमालेका केसीले ५१३ मतका साथ पछ्याई रहेका छन् ।

यस्तै उपाध्यक्षतर्फ कांग्रेसकी खेमकुमारी गुरुङले नेकपा एमालेकी चन्द्रकला देवकोटा अधिकारीलाई ६३ मतले ‘लिड’ गरेकी छन् । गुरुङले ५६९ मत प्राप्त गर्दा अधिकारीको पक्षमा ५०६ मत गणना भएको छ ।

यस्तै वडा नम्वर १० को ५ सय मत गणना हुँदा नेपाली कांग्रेसका गौतम गुरुङ २७ मतले अगाडी छन् । गौतम २४० र एमालेका कुमारले २१३ मत प्राप्त गरेका छन् ।

वडा नम्वर ११ मापनि ७ सय मत गणना गरिएको छ । पछिल्लो विवरण अुनसार कांग्रेसले नै अग्रता लिइरहेको विवरण प्राप्त भएको छ । वडा नम्वर ११ मा कांग्रेसका वडाध्यक्षका प्रत्यासी ललित गुरुङले ३४९ प्राप्त गर्दा एमालेका हिम गुरुङले ३३१ मत प्राप्त गरेका छन् । यद्यपी मतगणना जारी छ ।

सो गाउँपालिकाको अध्यक्षमा ३ स्वतन्त्र सहित ११ जना चुनावी मैदानमा छन् । यस्तै उपाध्यक्षमा विभिन्न ५ पार्टीका ५ जना चुनावी प्रतिस्पर्धामा छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।