पोखरामा १६०० मत गणना गर्दा धनराजको अग्रता कायम, पछ्याउँदै थापा


     एभरेस्ट आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित




पोखरा, जेठ १

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले झिनो मतले अग्रता कायम राखेका छन् । पछिल्लो पटक १ हजार ६ सय मत गणना गर्दा धनराजले ३० मतको अग्रता लिएका हुन् । मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ६ सय १३ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५ सय ८३ मत प्राप्त गरेका छन् ।

उपमेयर पदमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १ सय ३३ मतान्तरले अग्रता कायम राखेकी छन् । रानाभाटले ७ सय १६ मत प्राप्त गरेर अग्रता कायम राखेकी हुन् । उनकी प्रतिष्पर्धी नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ५ सय ८३ मत प्राप्त गरेर पछ्याईरहेकी छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले ९८ मत प्राप्त गर्दा अटेरी उम्मेदवार गनेस पौडेलले ३६ मत प्राप्त गरेका छन् ।

पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १३ मतदाता रहेकोमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।