पोखरा २ मा कांग्रेसका दीवसको अग्रता, पछ्याउँदै दीपक


     एभरेस्ट आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर २ मा कांग्रेसका दीवसमान प्रधानाङ्गले अग्रता लिएका छन् । ५ सय मत गणना गर्दा प्रधानाङ्गले ६० मतान्तरले अग्रता लिएका हुन् । प्रधानाङ्गले २ सय ८३ मत प्राप्त गरेका छन् भने प्रतिष्पर्धी नेकपा एमालेका दीपकजंग शाहले २ सय १३ मत प्राप्त गरेर पछ्याईरहेका छन् ।

५ सय मतगणना सकिदा एमालेका प्रतिनिधि र अन्य प्रतिनिधिहरुको गणनामा १ मतको फरक भएपछि त्यहाँ एमालेले विरोध जनाएपछि केहिबेर मतगणना स्थगित भएको छ । केहीबेरमै मतगणना शुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।