कास्कीको अन्नपूर्ण गाउँपालिकामा एमालेका केसीको अग्रता


     एभरेस्ट आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित




कास्कीको अन्नपूर्ण गाउँपालिकाको प्रमुख पदमा नेकपा एमालेले अग्रता लिएको छ । वडा नम्बर ९, १० र ११ को मतगणना सम्पन्न हुँदा एमालेका विष्णुुबहादुर केसीले ११६ मतको अग्रता कायम राखेका हुन् । केसीले हालसम्म १ हजार ५ सय ८ मत ल्याएर अग्रता लिएका छन् । कांग्रेसका युवराज कुँवरले १ हजार ३ सय ९२ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै उपप्रमुख पदमा नेकपा एमालेका चन्द्रकला अधिकारी देवकोटाले ६० मतान्तरले अग्रता लिएकी छन् । उनले १ हजार ४ सय ९६ मत प्राप्त गरेकी छन् । उनकी प्रतिष्पर्धी नेपाली कांग्रेसकी खेमकुमारी गुरुङले १ हजार ४ सय ३६ मत ल्याएर पछ्याईरहेकी छन् ।

यो अघिल्लो पटक कांग्रेसले नै जितेको गाउँपालिका हो । यसअघि गाउँपालिका प्रमुख रहेका कुँवरलाई नै नेपाली कांग्रेसले यसपटकपनि उम्मेदवार बनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।