पोखरा, जेठ १
पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले निकटम प्रतिष्पर्धी नेकपा एमालेका कृष्ण थापासँगको मतान्तर बढाउँदै लगेका हुन् । २ हजार ४ सय मत गणना हुँदा मेयरका उम्मेदवार आचार्यले ९२३ मतसहित अग्रता लिएका छन् । उनले कृष्ण थापासँगको मतान्तर ११७ पुु¥याएका छन् । एमालेका थापाले ८ सय ६ मत ल्याएर पछ्याईरहेका छन् ।
उपमेयरमा पनि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । उनले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर १२१ पुु¥याएकी छन् । रानाभाटले १ हजार २८ मत ल्याउँदा गुरुङले ९०७ मत ल्याएर पछ्याईरहेकी छन् ।
२ लाख ७ हजार ७ सय १२ मतदाता मध्ये शुक्रबारको मतदानमा १ लाख ४३ हजार २ सय २८ मतदाताले मतदान गरेका छन् । जिल्ला निर्वाचन कार्यालय कास्कीको अनुसार ६८.९६प्रतिशत मत खसेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १६ पोखरामा राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ…






