गोरखाको पालङुटार नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । माओवादीका विवस चिन्तनले १ हजार ७ सय ६६ मत ल्याएर अग्रता लिएका हुन् । त्यहाँ जनता समाजवादी पार्टीका प्रेमबहादुर गुरुङले १ हार ५ सय १२ मत ल्याएर पछ्याईरहेका छन् । कांग्रेसका दीपकबाबु कँडेलले १ हजार ४ सय ८५ मत ल्याएका छन् ।
उपप्रमुखमा पनि बन्दना पाण्डे १ हजार ८ सय ३४ मत प्राप्त गरेर अग्रता लिएकी छन् । त्यहाँ कांग्रेसकी चेत कुमारी श्रेष्ठले १ हजार ३ सय ९९ मत ल्याएर पछ्याईरहेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







