रुपामा मतान्तर बढाउँदै एमालेका ओझा


     एभरेस्ट आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित




कास्कीको रुपा गाउँपालिकामा एमालेका नवराज ओझाले मतान्तर बढाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका गिमाया गुरुङसँगको मतान्तर २ सय ४१ बनाएका हुन् । एमालेका ओझाले २ हजार ५० मत प्राप्त गरेर अग्रता लिएका छन् भने उनलाई कांग्रेसकी गिमाया गुरुङले १ हजार ८ सय ९ मत ल्याएर पछ्याईरहेकी छन् ।

उपप्रमुखमा एमालेकी लालसुुबा गुरुङले ८३ मतले अग्रता लिएका छन् । गुरुङले १ हजार ९ सय ५३ मत ल्याएर अग्रता बनाउँदा कांग्रेसका श्रेष्ठले १ हजार ८ सय ७० मत ल्याएर पछ्याईरहेका छन् ।

यसअघि नेकपा एमालेले जितेको गाउँपालिका हो यो । अघिल्लो पटक प्रमुख पदमा बिजयी ओझा र उपप्रमुख पदमा बिजयी गुरुङलाई नै एमालेले यसपटकपनि उम्मेदवार बनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।