पोखरा–२३ को मत गणनासँगै मतान्तर घटाउँदै कृष्ण थापा


     एभरेस्ट आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित




पोखरा, जेठ १

पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार कृष्ण थापाले मतान्तर घटाउँदै गएका छन् । नेकपा एमालेका उम्मेदवार थापाले गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार धनराज आचार्यसँगको मतान्तर घटाउँदै लगेका हुन् । पोखरा महानगरपालिका वडा नम्बर २३ को मतगणना शुरु भएसँगै उनले मतान्तरण घटाउन थालेका छन् ।
पोखरा २३ को २०० मत गणना सम्पन्न हुँदा एमालेका कृष्ण थापाले ९६ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ८० मत प्राप्त गरेका छन् । योसँगै धनराजको अग्रता ९९ मतान्तरमा झरेको छ । यसअघि ११७ मतान्तरले अघि रहेका आचार्य पोखरा २३ को गणनासँगै रक्षात्मक बनेका छन् ।
पोखरा २३ को मत गणनासँगै २६०० मतगणना सम्पन्न हुँदा आचार्यले १ हजार ३ मतसहित अग्रता कायम राखेका छन् । प्रतिष्पर्धी एमालेका थापा भने ९०२ मतसहित आचार्यलाई पछ्याईरहेका छन् ।
उपमेयरमा पनि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । उनले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ८७ पुु¥याएकी छन् । रानाभाटले १ हजार ९९ मत ल्याउँदा गुरुङले १ हजार १२ मत ल्याएर पछ्याईरहेकी छन् ।
२ लाख ७ हजार ७ सय १२ मतदाता मध्ये शुक्रबारको मतदानमा १ लाख ४३ हजार २ सय २८ मतदाताले मतदान गरेका छन् । जिल्ला निर्वाचन कार्यालय कास्कीको अनुसार ६८.९६प्रतिशत मत खसेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।