पोखरा महानगरमा ३२०० मत गणना सम्पन्न : धनराज झिनो मतले अघि


     एभरेस्ट आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित




पोखरा, जेठ १

पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन् । उनले एमालेका उम्मेदवार कृष्ण थापालाई ६५ मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन् ।
पोखरा महानगरपालिका वडा नम्बर १, २, १२ र २३ को ३ हजार २ सय मत गणना हुँदा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले १ हजार २ सय १ मत प्राप्त गरेका छन् । एमालेका थापाले १ हजार १ सय ३६ मत ल्याएर पछ्याईरहेका छन् ।
उपमेयरमा पनि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । उनले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ५३ पुु¥याएकी छन् । रानाभाटले १ हजार १ सय ७० मत ल्याउँदा गुरुङले १ हजार १ सय १७ मत ल्याएर पछ्याईरहेकी छन् ।
हालसम्म पोखरा १ मा १ हजार २ सय, वडा नम्बर २ मा ७ सय, वडा नम्बर १२ मा १ हजार १ सय र वडा नम्बर २३ मा २ सय मत गणना सम्पन्न भएको छ ।
२ लाख ७ हजार ७ सय १२ मतदाता मध्ये शुक्रबारको मतदानमा १ लाख ४३ हजार २ सय २८ मतदाताले मतदान गरेका छन् । जिल्ला निर्वाचन कार्यालय कास्कीको अनुसार ६८.९६प्रतिशत मत खसेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।