फेदीखोलामा गठबन्धनका बरालको अग्रता, बरालाई पछ्याउँदै सुबेदी


     एभरेस्ट आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित




स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका गठबन्धन दलबाट प्रमुखका प्रत्यासी लक्ष्मी प्रसाद बरालले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।

हालसम्म ५०२७ मत गणना हुँदा उनले नेकपा एमालेबाट प्रमुखका प्रत्यासी घनश्याम सुबेदीलाई ३७२ मतान्तरले ‘लिड’ गरिरहेका छन् ।

नेपाली कांग्रेसका बरालले २५५० मत प्राप्त गर्दा एमालेका सुबेदीले २१७८ मतका साथ बराललाई पछ्याइरहेका छन् ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेकी देउकुमारी चिजाले आफ्नो अग्रतालाई कायम राखेकी छन् । उनलाई नेकपा माओवादी केन्द्रका शिवप्रसाद पराजुलीले पछ्याईरहेका छन् । गुरुङले २ हजार २८६ मत प्राप्त गर्दा गठबन्धन दलका पराजुलीले १ हजार ५३२ मत ल्याएका छन् । उनीहरुविच ७५४ फराकिलो मतको अन्तर छ ।

हाल फेदीखोला २ को मतगणना जारी छ । वडाध्यक्षमा नेपाली कांग्रेसका धनराज केसी र नेकपा एमालेका अभिलास गुरुङविच कडा प्रतिस्पर्धा भइरहेको छ । ८ सय मत गणना हुँदा नेपाली कांग्रेसका केसी २३ मतले अगाडी छन् । केसीले ३५७ मत प्राप्त गर्दा गुरुङले ३३४ मत प्राप्त गरेका छन् ।

सो वडामा २ हजार ४८६ मत खसेको थियो ।

यसअघि पालिकाको वडा नम्वर ३ र ४ मा प्यानल सहित र ५ मा वडाध्यक्षसहित ४ जना नेपाली कांग्रेसका सदस्य निर्वाचित भइसकेका छन् । हाल मतगणना जारी छ ।

सो पालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखमा तालमेल गरेका छन् भने एमालेले एकल उम्मेद्वारी दिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।