
पोखरा । कास्कीको माछापुच्छ्रे ७ मा नेकपा माओवादी केन्द्रका वैकुण्ठ प्रसाद भण्डारी वडाध्यक्षमा निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका निकटम प्रतिस्पर्धी अमरबहादुर गुरुङलाई ५४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
भण्डारीले ४८६ मत प्राप्त गर्दा गुरुङले ४३२ मत प्राप्त गरे । यस्तै वडाध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका प्रत्यासी लोकबहादुर गुरुङले ४१८, नेकपा एकीकृत समाजवादबादीका बाबुराम भण्डारीले ८७ र राप्रपाका टेकप्रसाद भण्डारीले २९ मत प्राप्त गरे ।
यस्तै दलित महिला सदस्यमा नेकपा एमालेकी निरु विकले ४८३, महिला सदस्यमा एमालेकै गायत्री भण्डारीले ४७७, खुल्ला सदस्यमा एमालेका इमान परियारले ४५३ र एमालेकै बाबुराम भण्डारीले ४६७ मतका साथ निर्वाचित भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।