कास्की । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो विवरण अनुसार हालसम्म ११ हजार १ सय ९७ मत गणना सम्पन्न हुँदा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४ हजार ४ सय ७८ ल्याएर अग्रता कायम बनाएका छन् ।
उनलाई नेकपा एमालेका कृष्ण थापाले ४ हजार १ सय २४ मत ल्याएर पछ्याईरहेका छन् ।
उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । एमालेकी गुरुङले ४ हजार ७ सय १४ मत प्राप्त गरेर अग्रता लिदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेस उम्मेदवार रानाभाटले ४ हजार ५ सय ७० मत ल्याएर पछ्याईरहेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





