स्याङ्जा । स्याङ्जाको फेदीखोला २ मा नेकपा एमालेका अविलास गुरुङ प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएका छन् ।
सोमबार विहान सम्पन्न मतगणनामा गुरुङले गठबन्धनका नेपाली कांग्रेसका प्रत्यासी धनराज केसीलाई ४७६ को फराकिलो मतान्तरले पाराजित गरेका हुन् ।
गुरुङले १ हजार ३७३ मत प्राप्त गर्दा केसीले ८९७ मत प्राप्त गरे ।
यस्तै महिलासदस्यतर्फ कलावती बस्नेत (१३२१), दलित महिला सदस्यमा आशु विक (१३२१), खुल्ला सदस्यतर्फ निरमाया कार्की (१२४०) र विरबहादुर कार्की (१२९२ ) निर्वाचित भए ।
यस्तै महिल सदस्यतर्फ नेपाली कांग्रेसका मिठु सार्की (८७७), राप्रपाका मेनुका शर्मा (३०),दलित महिलातर्फ नेपाली कांग्रेसकी सिमा क्षेत्री सुनार (८७१), राप्रपाकी अमृता सार्की (३०) मत प्राप्त गरे ।
खुल्ल्ला सदस्यतर्फ नेपाली कांग्रेसका डिलबहादुर कार्की (८६३), नेकपा माओवादी केन्द्रका बलबहादुर गोदार (५६९), राप्रपाका झपटबहादुर अधिकारी (६२), मंगोल नेश्नल अर्गानाइजेसनका चित्रबहादुर गुरुङ (२५), माओवादी केन्द्रका जीतबहादुर बस्नते (१४) पराजित भए ।
यसअघि फेदीखोला गाउँपालिकाको वडा नम्वर ३, ४ र ५ मा नेपाली कांग्रेसका प्रत्यासी वडाध्यक्षमा निर्वाचित भइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





