पोखरा । पोखरा महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेद्वार धनराज आचार्यले आफ्नो अग्रतालाई कायम गरेका छन् ।
१२ हजार २२४६ मतगणना सकिँदा उनले ५ हजार १३७ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ४ हजार ५४५ मत प्राप्त गरेका छन् । आचार्यले थापासँग ५९२ मतको दुरी बढाएका छन् । यसअघि १२ हजार ९७ मतगणना सकिँदा उनीहरुविच ५०६ मतको अन्तर थियो ।
यस्तै राप्रपाका शंकर खरालले ६४१ र स्वतन्त्ररुप उम्मेद्वार गनेश पौडेलले ३१० मत प्राप्त गरेका छन् ।
उपमेयर तर्फपनि गठबन्धनकै नेपाली कांग्रेसकी कोपिला रानाबभाटले अग्रता लिएकी छन् । उनलाई नेकपा एमालेकी प्रत्यासी मञ्जुदेवी गुरुङले पछ्याई रहेकी छन् । रानाभाटले ५ हजार १३७ मत प्राप्त गर्दा गुरुङले ५ मत २११ प्राप्त गरेकी छन् । यस्तै राप्रपाकी रञ्जना सेनले ३२४ मत प्राप्त गरेकी छन् ।
हाल पोखरा ३, ४, २३, २४ र २५ नम्वरको मतगणना जारी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





