स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घनश्याम सुबेदी र उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ ‘चिजा’ निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न मतगणनामा गठबन्धनका तर्फबाट अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका लक्ष्मी प्रसाद बराललाई १३२ को झिनो मतान्तरले पराजित गर्दै सुबेदी निर्वाचित भएका हुन् ।
सुबेदीले ३८३६ मत प्राप्त गर्दा उनका निकटम प्रत्यासी बरालले ३७०४ मत प्राप्त गरे । फेदीखोला गाउँपालिकाको निवर्तमान अध्यक्षसमेत रहेका सुबेदी दोस्रोपटकपनि निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षतर्फ नेकपा एमालेकी गुरुङले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई १५९९ को फराकिलो मतान्तरले पराजित गरिन् । गुरुङले ३९७८ मत प्राप्त गर्दा पराजुलीले २३७९ मत प्राप्त गरे ।
फेदीखोला गाउँपालिकामा ४ वटा वडा कांग्रेसले जितेको छ । नेपाली कांग्रेसका उम्मेद्वार ३ र ४ को वडाध्यक्षमा प्यानलसहित निर्वाचित हुँदा ५ मा भने वडाध्यक्षसहित ४ सदस्य विजयी भएका छन् । यस्तै वडा नं १ मा कांग्रेसका अमृत क्षेत्री निर्वाचित भएका छन् । उनी जिल्लामा सम्भवतहः २७ वर्षिय कान्छा वडाध्यक्ष हुन् । यस्तै वडा नम्वर २ मा भने एमालेका अविलास गुरुङ प्यानल सहित निर्वाचित भए ।
फेदीखोला गाउँपालिकाको अध्यक्षको प्रत्यासीमा एमालेका सुबेदी कांग्रेसका बराल सहित नेशनल अर्गानाइजेसनका शेरबहादुर गुरुङ र नेकपा एकीकृत समाजवादीका अर्जुन कार्की चुनावी मैदानमा थिए ।
यस्तै उपाध्यक्षतर्फ एमालेकी गुरुङ, माओवादी केन्द्रका पराजुली, राप्रपाकी दुर्गाकुमारी थापा अधिकारी र जसपाकी ईश्वरी थापा कार्की प्रत्यासीका रुपमा थिए ।
पालिकाका १२ हजार १६५ मतदाता मध्य ८ हजार १३९ मत खसेको थियो ।
वडा नम्वर १ मा एक हजार ४ सय ३२, वडा नम्वर २ मा २ हजार ४८६, वडा नम्वर ३ मा एक हजार ३०३, वडा नम्वर ४ दुई हजार १३० र वडा नम्वर ५ मा ७९४ मत खसेको कार्यालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





