पोखरा । शुक्रबार सम्पन्न पालिका चुनावमा हालसम्म १७८ स्थानिय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक नतिजा अनुसार हालसम्म नेपाली कांग्रेसले ७१ वटा पालिकाको प्रमुखमा जित हाँसिल गरेको छ । त्यस्तै नेकपा एमालेले ५४ स्थानिय तहमा जितेको छ । ३९ पालिका प्रमुखमा नेकपा माओवादी केन्द्रले जित निकाल्दा नेकपा एकीकृत समाजवादी २ स्थानिय तहमा निर्वाचित भएको छ । यस्तै ५ स्थानियतहमा स्वतन्त्र सहित अन्य दलका उम्मेद्वार विजयी भएका छन् ।
यस्तै, उपप्रमुखतर्फ नेपाली कांग्रेस ७८ र नेकपा एमाले ५३ स्थानिय तहमा निर्वाचित हुँदा ३३ स्थानिय तह नेकपा माओवादी केन्द्रका उम्मेद्वार निर्वाचित भएका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादी ८ र जसपाले २ स्थानिय तहमा जित निकाल्दा स्वतन्त्र सहित अन्यदलले ४ वटा स्थानिय तहमा जित निकालेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





