पोखरामा थापा भन्दा धनराज ८१२ मतले अघि


     एभरेस्ट आवाज    
     जेठ २ गते २०७९ मा प्रकाशित




पोखरा, जेठ २

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ८१२ प¥याएका हुन् ।

हालसम्म १४ हजार ४ सय ४३ मत गणना सम्पन्न हुँदा आचार्यले ६ हजार ३९ मत प्राप्त गरेका छन् । उनलाई एमालेका कृष्ण थापाले ५ हजार २ सय २७ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले ६ सय ६८ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ३ सय ३३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले पुनः अग्रता लिएकी छन् । यसअघि एमालेकी मञ्जुदेवी गुरुङले लिएको अग्रता तोड्दै उनले पुनः १०६ मतको मतान्तर बनाएकी हुन् । रानाभाटले ६ हजार ७७ मत प्राप्त गरेकी छन् एमालेकी गुरुङले ५ हजार ९ सय ७१ मत ल्याएर पछ्याईरहेकी छन् । राप्रपाकी रञ्जना सेनले ६ सय १७ मत प्राप्त गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।