तनहुँ । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले विजय हाँसिल गरेका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका हुन् । अध्यक्षमा कांग्रेसका तिलबहादुर थापा चार हजार ३०६ मत प्राप्त गरी विजयी भएका हुन् ।
प्रतिस्पर्धी नेकपा (एमाले) का दुर्गबहादुर थापाले तीन हजार ४८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थमनसिं थापाले जानकारी दिए ।
उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिं गुरुङ तीन हजार ७२१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका सावित्री न्यौपानेले तीन हजार ४६७ मत प्राप्त गर्नुभयो ।
कूल १२ हजार ८१५ मतदातामध्ये गाउँपालिकामा आठ हजार ६४७ मत खसेको थियो । पाँचवटा वडामध्ये देवघाटमा कांग्रेसले तीन र एमालेले दुईवटा वडामा विजय हासिल गरेको छ । कांग्रेसले देवघाट–२, ३ र ५ जितेको छ भने एमालेले १ र ४ वडा जितेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







