स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिका ५ मा नेकपा एमालेका कृष्णप्रसाद पनेरु प्यानल सहित वडाध्यक्षमा निर्वाचित भएका छन् ।
सोमबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पनेरुले निकटम प्रत्यासी नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेललाई ५०५ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । पनेरुले १ हजार १०४ मत प्राप्त गर्दा पौडेलले ५९९ मत प्राप्त गरे । यस्तै राप्रपाका देवबहादुर बोगटीले ४० मत प्राप्त गरे ।
यस्तै दलित महिला सदस्यमा दुर्गा नेपाली (११११) महिला सदस्यतर्फ गोमा पौडेल पोखरेल (११२४) खुल्ला सदस्यतर्फ केदारनाथ पौडेल १०५५ र पूर्णबहादुर क्षेत्री (१०४८) निर्वाचित भए ।
यस्तै दलित महिला तर्फ नेपाली कांग्रेसकी मायादेवी सार्की (६१२), महिला सदस्यतर्फ कांग्रेसकी पार्वती बोगटी (६१०), खुल्ला सदस्यतर्फ कांग्रेसका कुलप्रसाद पोखरेल (६१२), राजेन्द्र सुनार (५९९) माओवादी केन्द्रका गिरीधारी शर्मा (४६), राप्रपाका निर्मल केसी (४३) र रुद्रबहादुर खत्री क्षेत्री (३७) मत प्राप्त गर्दैै पराजित भए ।
यसअघि नेकपा एमालेका उम्मेद्वार आँधिखोला १, २ र ४ को वडाध्यक्षमा निर्वाचित भइसकेका छन् । यस्तै वडा नम्वर ३ मा नेपाली कांग्रेसका शेरबहादुर कार्की निर्वाचित भएका छन् ।
वडा नम्वर १ मा पवनकाजी अधिकारी, २ मा कमलप्रसाद पाध्या पौडेल र ४ मा सिहबहादुर क्षेत्री वडाध्यक्षमा निर्वाचित भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





