इलेक्सन अपडेट्सः पोखरा महानगर मेयर पदमा गठबन्धनको ११३६ ले अग्रता


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिकाको जारी मत गणनामा गठबन्धनका तर्फबाट मेयर पदका धनराज आचार्यले अग्रता कायम राखेका छन्।

हालैमात्र गरिएको अपडेट अनुसार १९ हजार ५ सय ६० मत गन्दा मेयर पदमा गठबन्धनका धनराज आचार्यले ११ सय ३६ मतले अगाडी रहेका छन्।

हालसम्मको मत गणनामा आचार्यले ८ हजार ७९ मत ल्याएका छन्। मेयर पदकै प्रमुख प्रतिद्वन्द्वी कृष्ण थापाले ६ हजार ९ सय ४३ मत ल्याएका छन्।

महानगरको उपमेयर पदका लागि पनि गठबन्धनकै अग्रता कायम राखेको छ।

गठबन्धकी कोपिला रानाभाटले ४ सय ८० मतले अग्रता कायम राखेकी छन्। रानाभाटले ८ हजार ३ सय ३६ मत ल्याएकी छन्। त्यस्तै, उपमेयरकी प्रमुख प्रतिद्वन्द्वी मञ्जु गुरुङले ७ हजार ८ सय ९६ मत ल्याएकी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।